• २०८१ बैशाख १५ शनिबार

हुम्लामा एक हप्तापछि हवाई उडान सञ्चालन

kharibot

हुम्लाको सिमिकोट एयरपोर्टमा हिउ पन्छाउन सहयोग गर्दै विदेशी पर्यटक, तस्बीर :: रासस

हुम्ला । भारी हिमपातपछि एक सातादेखि अवरुद्ध जिल्लाको एक मात्र यातायात हवाई सेवाले आज अपराह्न ५ बजेबाट उडान भर्न शुरु गरेको छ । 

सिमकोट विमानस्थलको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सिमकोट गाउँपालिकालगायत अन्य सरकारी कार्यालयका कर्मचारी, सर्वसाधरणले हटाएपछि तारा एयरलाइन्सका तीन वटा जहाजले आज उडान भरेका हुन् । 

आजदेखि उडान भरेका तारा एयरका जहाजले नेपागञ्जदेखि चामल ल्याएको एयरका प्रमुख सरस्वती लामाले जानकारी दिईन् । हुम्लीको प्रमुख समस्या खाद्यान्न भएकाले खाद्यान्न ल्याइएको उनले बताईन् । 

हवाई उडान बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्य सामानको समेत समस्या देखिँदै आएको थियो । आजदेखि हवाई उडान नियमित हुने विमानस्थलले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय