• २०८१ बैशाख २६ बुधबार

डा. केसीको मागलाई पार्टीको बिल्ला लगाउन हुदैन – पूर्वप्रधानन्यायाधीश कार्की  

kharibot

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले २२औ दिनसम्म अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारे जानकारी लिएकी छिन् । 

आज अपराह्न महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेकी कार्कीले डा. केसीलाई भेटेर उनको अवस्था बारे जानकारी लिएकी छन् । 

कार्कीले डा.केसीको आन्दोलनका कारण चिकित्सा शिक्षामा धेरै सुधार आएकाले उनको मागलाई कुनै पार्टीको मागको रुपमा बिल्ला लगाउन नहुने बताएकी थिइन् ।

उनले भनिन्,'डा. केसी एक सन्यासी रहेकाले उनको माग पुरा गर्दा कसैको हार हुँदैन सबैको जित नै हुन्छ,' उनले भनिन्, 'प्रधानमन्त्रीले पनि यो कुरा राम्रोसँग बुझ्नुभएको छ जस्तो मलाई लाग्छ।'

डा. केसीको अनसनमा एक्यबद्धता जनाउन मंगलबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि शिक्षण अस्पताल पुगेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै