• २०८१ बैशाख १५ शनिबार

सिम्बा सुपरहिट भएपछि रोहितले गरे प्रहरीलाई नगद सहयोग

kharibot

मुम्बई । बलिवुडका चर्चित निर्माता निर्देशक रोहित शेठीले आफ्नो फिल्म सिम्बा सुपरहिट भएपछि मुम्बई प्रहरीलाई आर्थिक सहयोग गरेका छन् ।

डिसेम्बरमा रिलिज भएको सिम्बाले भारतीय बक्स अफिसमा २५० करोडको ब्यापार गरेपछि रोहितले ५१ लाख नगद प्रहरीलाई सहयोग गरेका हुन् । मुम्बई प्रहरीले आयोजना गरेको उमंग २०१९ मा सो रकम हस्तान्तरण गरेका हुन् ।

यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता रनबीर सिंह र सारा अली खानले परफ़रमेन्स गरेका थिए । रोहित शेठीको यो लगातार आठौ सुपरहिट फिल्म हो ।

फिल्ममा रनबीर सिंहले सिम्बामा मुम्बई प्रहरीको भूमिकामा अभिनय गरेका छन् । सिम्बा सुपरहिट भएपछि रोहितले अर्को फिल्म सुर्यबंशी बनाउने घोषणा गरेका छन् । सुर्यबंशीमा रनबीर सिंह, अक्षयकुमार र अजय देवगनको भूमिका हुने उनले बताईसकेका छन् । फिल्मका लागि अहिलेसम्म अभिनेत्रीको भने घोषणा गरिएको छैन ।             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै