• २०८१ बैशाख १५ शनिबार

संखुवासभामा राष्ट्रिय वाणिज्य बैंकले बाँड्यो न्यानो कपडा 

kharibot

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं ६ मा रहेको सरस्वति माध्यामिक विद्यालयमा अध्यनरत ५ सय जना विद्यार्थीहरुलाई बुधबार एक समारोहका बिच न्यानो कपडा (स्विटर) वितरण गरेको छ । 

सो कार्यक्रममा संखुवासभाका माननीय जिल्ला न्यायाधीश प्रकाश राउत, चैनपुर न.पा. वडा नं ६ का अध्यक्ष नेत्रबहादुर डांगी, विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रधानाध्यापक उज्ज्वल कर्मचार्य, बैंकका खांदबारी शाखाका प्रबन्धक अनिशकुमार रायमझी, चैनपुर शाखाका प्रबन्धक सुरेश मण्डल, सशस्त्र प्रहरीका गुल्मपति कबिन्द्र राई, प्रहरी निरिक्षक मिङमा शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख राजन घिमिरे, चैनपुर न.पा. का शिक्षा शाखा एवं स्रोत ब्यक्ति विश्वनाथ सुबेदी लगायत स्थानीय सरकारी तथा संघसंस्थाका प्रतिनीधिहरुले न्यानो कपडा (स्विटर) वितरण गरेका थिए ।

हाल  बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै