बिबशताको चित्ता माथी जलिरहेछु
मृतसरी काचो काठ झै बलिरहेछु
जिन्दगिको बगैचामा आशुबिज छरीएपछी
गल्लिहरूमा एकतमास ले फलिरहेछु
अपेक्षाको पर्खालमा जिन्दगिलाइ अड्याएर
निसास्सिएको भरीया झै गलिरहेको छु
कोपिला मै थिचेपछी चोटैचोटको भारले
अन्धकारको साम्राज्यमा ढलिरहेछु
थाहा छैन खै कहाँ पुर्याउछ समयले
बिना बेगको हुरी बनि चलिरहेछु ।