• २०८१ बैशाख १५ शनिबार

६२/६३ को आन्दोलनको एजेन्डा धर्म निरपेक्षता थिएन - कमल थापा 

kharibot

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले २०६२/६३ को आन्दोलनमा धर्म निरपेक्षताको बिषय कहि कतै नउठेको भन्दै बिदेशी प्रभाव, दबाब र पैसाको प्रलोभनमा धर्म निरपेक्षता लादिएको बताएका छन् । 

हिन्दुत्व जनजागरण अभियान अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र चाहने तर जुनसुकै पार्टी र बिचार निकट भएकाहरुले राप्रपाको अभियानमा सघाउ पुर्याउन आग्रह गरे । 

सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने चर्चा गर्दै अध्यक्ष थापाले हिन्दु धर्ममा आस्था राख्ने कोहि पनि अरु धर्मको बिरोधि हुन नसक्ने दाबी गरे । थापाले थपे,"पाँच बर्ष अगाडिको ऋघबेदले नै हामिलाई सिकाएको छ, सत्य एउटै छ,भगवान एउटै छन् ,बाटो मात्र फरक हो।” 

राप्रपाले उठाएको हिन्दुराष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले मागलाई सरकारले बेवास्ता गरे सडक आन्दोलन गर्ने चेतावनी दिए । धर्म निरपेक्षताको एजेन्डा  बिदेशीलाई खुशी पार्न जबर्जस्ती लादिएको भन्दै थापाले असम्बैधानिक र षड्यन्त्रमुलक ढंगले जबर्जस्ति बोकाईएको भारी बोक्न अब नेपाली जनता मन्जुर नभएको बिचार ब्यक्त गरे । 

धर्मनिरपेक्षताले किरात र बुद्ध धर्मलाई पनि कमजोर बनाएको भन्दै उनले धर्म परिबर्तनको डढेलो प्रती आपत्ति प्रकट गरे । सो अबसरमा पार्टीका नेताहरु बिक्रम थापा, भुवन पाठक, राजाराम बर्तौला, बसन्तमान सिह अधिकारी, निना भेटवाल, केसव रेग्मी, सुनिता कुरुङ्वाङ, सिर्जना रानी बर्मा, सन्तोष अधिकारी लगायत धार्मिक ब्यक्तित्वहरुले बोलेका थिए । सो अबसरमा बिभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेस गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै