• २०८१ कार्तिक १६ शुक्रबार

सैनिकको रगतले सुत्केरीको ज्यान जोगियो

kharibot

डोटी । दिपायलमा नेपाली सैनिकले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । 

नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पार्बती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा भर्ना हुनुभएकी जेठाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो । 

यस्तो स्थितिमा नेपाली सैनिकले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएकाले निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए ।

उनले भने, “शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो तर बेलैमा रगत उपलब्ध भएपछि उहाँको ज्यान जोगियो ।” नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत उपलब्ध गराउँदै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै