• २०८१ जेठ ५ शनिबार

मुस्लिम राष्ट्र युएईमा पोप फ्रान्सिसको ऐतिहासिक भ्रमण

kharibot

युएई । अरब मुस्लिम राष्ट्र युनाइटेड अरब इमिरेट्सको अबुधाबी रङ्गशालामा मङ्गलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् । रङ्गशाला भित्र र बाहिर गरी करिब एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बी भेला हुने अपेक्षा गरिएको छ ।

जायाद स्पोर्ट्स सीटी रङ्गशालामा प्रवेश गर्दा पोप फ्रान्सिसलाई त्यहाँ उपस्थित ठूलो जनसमूहले भ्याटिकनका झण्डा र ब्यानरले स्वागत गरेका थिए । उनी रङ्गशालामा प्रवेश गर्दा मोटरमा सवार थिए ।

युनाइटेड अरब इमिरेट्सको छिमेकी मुलुक साउदी अरेबिया हो । साउदी अरेबिया इस्लाम धर्मको जन्मस्थल पनि हो । तर ठूलो छिमेकी मुलुक साउदीमा गैर–मुस्लिमलाई सार्वजनिक स्थलमा प्रार्थना गर्न समेत प्रतिबन्धित गरिएको छ । अबुधाबीमा भने इसाई समुदायका व्यक्तिलाई प्रार्थना गर्न छुट दिइएको छ । सबै धर्मप्रति युएई उदार मानिएको छ ।

फ्रान्सिसले मङ्गलबार नै युएईको तीनदिने भ्रमण पनि समाप्त गर्दै छन् । पोपमा नियुक्त भएसँगै पोप फ्रान्सिसले इसाई धर्मका कट्टर विरोधी मुस्लिम विश्वमा समेत भाइचारा सम्बन्ध विस्तार गरेका छन् ।

रङ्गशालामा करिब ५० हजार क्याथोलिक समुदायका व्यक्तिहरुले पोप फ्रान्सिसलाई स्वागत गरेका थिए । उक्त समारोहमा केही यमनका इसाई धर्मावलम्बी पनि सहभागी थिए ।

झण्डै एक लाख २० हजार अरु रङ्गशाला बाहिर भेला भएका थिए । उनीहरुले भिडियो सेवाबाट रङ्गशाला भित्रका गतिविधि हेरेका थिए ।

युएईले “सहिष्णुता वर्ष २०१९” को अवसर पारेर पोप फ्रान्सिसलाई आफ्नो मुलुकको भ्रमणमा निम्त्याएको हो । सहिष्णुता मन्त्री शेख नाहयान बीन मुबारकले पोप फ्रान्सिस रङ्गशालामा प्रवेश गर्नुअघि उपस्थित धर्मावलम्बीलाई स्वागत गरेका थिए ।

पोप फ्रान्सिसको भ्रमणलाई फिलिपिनी र भारतीय समेत युएईमा रहेका आप्रवासी क्याथोलिक समुदायले स्वागत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै