• २०८१ बैशाख १५ शनिबार

काष्ठमण्डपको मूल थाम श्रीपञ्चमीको दिन उठाइने

kharibot

नयाँ बनाइएको काष्ठमण्डपको मुल थाम, तस्बीर : कविता घिमिरे/खरीबोट

काठमाडौँ । हाल निर्माणाधीन रहेको काष्ठमण्डपको मुल थाम श्रीपञ्चमीको दिन उठाईने भएको छ ।  २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप पुनर्निर्माणले गति लिएसंगै यहि माग २७ गते श्रीपञ्चमीको दिन पारेर काष्ठमण्डको मुख्य ४ थाम उठाउन लागिएको हो । 

काष्ठमण्डप पनर्निर्माण समितिका अध्यक्ष तथा ३ नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यले श्रीपञ्चमीको साईत पारेर काष्ठमण्डपको थाम उठाउन लागेको खरीबोटलाई जानकारी दिएका छन् । 

बिधिवत् रुपमा पुरोहित राखेर सबैको अपनत्व हुनेगरी  पूजाआजागरी , संकल्प गरी, तयारी अबस्थामा हनुमान ढोका अगाडी राखिएको थामलाई लगेर काष्ठमण्डपमा उठाईने छ ।  जहाँ सबै जातिय संगठन जम्मा भई संकल्पगरि थाम बोकेर,र्यार्ली र झाँकीसहित थामलाई  मण्डपसम्म लगिने  छ ।  

थाममा प्रयोग हुने ४ वटा थाम मध्ये ३ वटा नयाँ प्रयोग गरिन्छ भने एउटा थाम पुरानै प्रयोग गर्न मिल्ने विज्ञहरुले सुझाव दिएकाले पुरानै प्रयोग गरिने छ । माघ १५ गते थाम उठाईने भन्ने कुरा भएता पनि साईत नभएपछि २७ गतेलाई सारीएको शाक्यले जानकारी दिए ।      

काष्ठमण्डप पिुनर्निर्माणको लागि काठमाडौँ महानगरपालिकाले प्रदेश सांसद राजेश शाक्यको अध्यक्षतामा ०७५ वैशाख १८ गते काष्ठमण्डप पुनर्निर्माण समिति गठन गरेको थियो । 

समिति बनेपछि साउन महिनासम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने काम भयो । भदौमा निर्माणक्षेत्र सफा पारियो । त्यसपछि कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् पुनर्निर्माण सुरु भएको हो । तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनर्निर्माणले गति लिएको छ ।  

त्यस्तै, बुट्टा भएको १६ वटा मूल मेथहरुमध्येमा १० वटा मेथ मात्र पुनर्प्रयोग गर्न सकिने बताइएको छ । काष्ठमण्डप पुनर्निर्माणको लागि आवश्यक नयाँ काठको लागि टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता समेत भएको र चरणबद्ध रुपमा काठ उपलब्ध गराउने सहमति समेत भएको छ ।  हालसम्ममा ८१४ र ५२ क्यु फिट नयाँ काठ प्राप्त भइसकेको छ ।

पुनर्निर्माणमा प्रयोग भएका सबै सामग्री पुरातत्व विभाग र युनेस्कोको मापदण्डअनुसार प्रयोगशालामा परीक्षण गरिएको छ। काष्ठमण्डपको नक्सा पुरातत्व विभागबाट मंसिर १६ गते स्वीकृत भएको हो ।

आगामी ०७६ असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने  समितिको योजना रहेको छ । महानगरपालिकाले पुनर्निर्माण समितिलाई हाल सम्ममा ५ करोड ५० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । 

काष्ठमण्डप पुनर्निर्माणको लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै