टी-२० क्रिकेटमा आश्चर्य : १० खेलाडी शुन्यमा आउट !

खरीबोट

न्यू साउथ वेल्सकी बलर रोक्साने भान भीन, जसले २ ओभरमा १ रन दिएर ५ विकेट लिएकी थिइन् ।

काठमाडौँ । अष्ट्रेलियाको घरेलु टी-२० च्याम्पियनसिपमा साउथ अस्ट्रेलियाको महिला टिम केबल १० रनमा अल आउट भएको छ ।

जसमा केवल एक खेलाडीले ४ रन बनाईन भने अन्य सबै खेलाडी शुन्य रनमा आउट भए । खेलमा ६ रन अतिरिक्त रुपमा बनेको थियो ।

एलिस स्प्रिङमा भएको प्रतियोगितामा साउथ अस्ट्रेलियाको प्रतिष्पर्धा न्यू साउथ वेल्सको महिला टिमसँग थियो । पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ६२ बलमा १० रन बनाएर अल आउट भएको थियो । १० खेलाडी शुन्य रनमा आउट भएका थिए । ओपनर फेबी म्यानसेलले ३३ बल खेलेर ४ रन बनाएकी थिइन् ।

त्यस्तै न्यू साउथ वेल्सकी बलर रोक्साने भान भीन २ ओभरमा १ रन वाइडको रुपमा दिएर ५ विकेट लिएकी थिइन् । त्यस्तै नओमी वुड्सले केबल २ बल फालेर २ विकेट लिएकी थिइन् ।     
 

सम्बन्धित समाचार

टेस्ट क्रिकेटमा श्रीलंकाको अविश्वसनीय जित, परेराले बनाए १५३ रन  

काठमाडौँ । श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्ट खेलमा शानदार जित हासिल गरेको छ ।  दक्षिण अफ्रीकाले दिएको ३०४ रनको लक्ष्य पछाएको श्रीलंकाले ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका

एशिया क्वालिफायर खेल्ने १४ सदस्यीय महिला क्रिकेट टिमको घोषणा 

काठमाडौँ । आइसीसी टी-२० महिला क्रिकेट विश्वकपको एशियाको छनौटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरिएको छ । आगामी फेब्रुअरी १८ देखि २७ सम्म थाइल्यान्डमा हुने छनौट खेलका लागि

मन्त्रिपरिषद् निर्णय : राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय  

काठमाडौँ । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।  यही माघ २५ गते

महिला फ़्रेन्चाइज् क्रिकेट प्रतियोगिताको घोषणा  

काठमाडौँ । पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले महिला क्रिकेटको फ़्रेन्चाइज क्रिकेट प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ ।  गत कार्तिकमा पोखरामा पोखरा प्रिमियर लिगको सफल आयोजना पछि काठमाडौँमा महिला


z