काठमाडौँ । अष्ट्रेलियाको घरेलु टी-२० च्याम्पियनसिपमा साउथ अस्ट्रेलियाको महिला टिम केबल १० रनमा अल आउट भएको छ ।
जसमा केवल एक खेलाडीले ४ रन बनाईन भने अन्य सबै खेलाडी शुन्य रनमा आउट भए । खेलमा ६ रन अतिरिक्त रुपमा बनेको थियो ।
एलिस स्प्रिङमा भएको प्रतियोगितामा साउथ अस्ट्रेलियाको प्रतिष्पर्धा न्यू साउथ वेल्सको महिला टिमसँग थियो । पहिला ब्याटिंग गरेको साउथ अस्ट्रेलियाले ६२ बलमा १० रन बनाएर अल आउट भएको थियो । १० खेलाडी शुन्य रनमा आउट भएका थिए । ओपनर फेबी म्यानसेलले ३३ बल खेलेर ४ रन बनाएकी थिइन् ।
त्यस्तै न्यू साउथ वेल्सकी बलर रोक्साने भान भीन २ ओभरमा १ रन वाइडको रुपमा दिएर ५ विकेट लिएकी थिइन् । त्यस्तै नओमी वुड्सले केबल २ बल फालेर २ विकेट लिएकी थिइन् ।