विक्कीको 'उरी : द सर्जिकल स्ट्राइक' दुई सय करोड क्लबमा 

खरीबोट

मुम्बई । बलिउड अभिनेता विक्‍की कौशलको फिल्म 'उरी : द सर्जिकल स्ट्राइक' ले भारतीय बक्स अफिसमा २ सय करोडको व्यापार गरेको छ । 

यस फिल्मबाट एकातिर विक्कीको चौतर्फी तारिफ भइरहेको छ भने अर्कोतिर फिल्मको व्यापार पनि बढि नै रहेको छ । 

बलिवुड फिल्म समीक्षक तरण आदर्शका अनुसार, यस फिल्मले बक्सअफिसमा दुई सय करोडको आँकडा पार गरेको छ । ४५ करोडमा बनेको फिल्मले प्रदर्शनको २८ दिनमा दुई सय करोडमाथि कमाउन सफल भएको हो । 

आदित्य धर निर्देशित यस फिल्ममा यामी गौतम, मोहित रैना, कीर्ति कुल्हाड, परेश रावललगायतको पनि अभिनय छ । साल २०१६ मा भारतीय सेनाद्वारा पाकिस्तानमा पसेर आतंककारीमाथि गरेको सर्जिकल स्ट्राइकको घटनामा फिल्म आधारित छ । 

उक्त हमलामा १९ भारतीय सेना शहिद भएका थिए । यो घटनाको करीब एक सातापछि भारतीय सेनाले नियन्त्रण रेखामा गएर सर्जिकल स्ट्राइक गरेको थियो, जसमा सम्पूर्ण आतंककारी मारिएका थिए । सोहि कथामा बनाइएको यो फिल्म अहिले भारतमा सेना, राजनीतिज्ञ देखि सबैले हेर्दै अत्यन्त मन पराएका छन् ।
 

सम्बन्धित समाचार

इण्डियन आइडलबाट अनु मलिक फेरी निकालिए !

मुम्बई । भारतीय टेलिभिजन रियालिटी शो इण्डियन आइडलका प्रमुख जज अनु मलिक शोबाट फेरी बाहिरिएका छन् । टाइम्स अफ इंडियाका अनुसार मलिकले इन्डियन आइडल-११ बाट अलगिने निर्णय गरेका छन् । २०१८

प्रियदर्शनले पारिवारिक कमेडी फिल्म हंगामा-२ बनाउने

मुम्बई । बलिवुडका चर्चित कमेडी फिल्म निर्देशक प्रियदर्शन ६ बर्षपछि आफ्नो १६ बर्ष अघिको फिल्म हंगामाको सिक्वेल लिएर आउने भएका छन् । प्रियदर्शनले हंगामा-२ बनाउने घोषणा गरेसँगै दर्शक अब अर्को पारिवारिक

अर्जुन रामपाल र मेहर जेसिया औपचारिक रुपमा अलग

मुम्बई । बलिवुड अभिनेता अर्जुन रामपाल र मेहर जेसिया औपचारिक रुपमा अलग भएका छन् । गत जेठमा नै अलग हुने घोषणा गरेका अर्जुन र मेहरलाई अदालतले डिभोर्सको अनुमति दिएको छ ।

‘जर्सी’ को रिमेकमा शाहिदको जोडी बनिन् मृणाल

मुम्बई । ‘सुपर ३०’ र ‘बाटला हाउस’ मा उत्कृष्ट काम गरेकी अभिनेत्री मृणाल ठाकुरले शाहिद कपूरको अपोजिट अभिनय गर्ने भएकी छन् । साउथको सुपरहिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा मृणालको जोडी


z