• २०८१ बैशाख १४ शुक्रबार

अत्यधिक घटिमा ठेक्का कबोल गर्ने व्यावसायीलाई संरक्षण गरिदैन– अध्यक्ष रवि सिंह

kharibot

बर्दिया, गुलरिया । अत्यधिक घटिमा ठेक्का कवोल गर्ने निर्माण व्यावसायीलाई संरक्षण नगरिने नेपाल निर्माण व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले बताएका छन् । 

नेपाल निर्माण व्यावसायी संघ बर्दियाको १६औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै सिंहले हचुवाका भरमा ठेक्का पाउनै मात्रका लागि ठेक्का कवोल गर्ने निर्माण व्यावसायीको जिम्मा व्यावसायी महासंघले नलिने प्रस्ट पारे । सिंहले सकेसम्म निर्माण व्यावसायीहरुले पनि अत्याधिक कम बोलिमा ठेक्का लिने भन्दा गुणस्तरिय निर्माण कार्य सम्पन्न गरि दिने गरि मात्र ठेक्का लिन अनुरोध गरे ।

साथै सिंहले ५ करोड सम्मको काम स्थानिय निर्माण व्यावसायीको बिचमा प्रतिश्पर्धा गराउने, १५ करोड सम्मको काम प्रदेश भित्रका निर्माण व्यावसायीहरु बिचमा प्रतिश्पर्धा गराउने र १ सय करोडसम्मको काममा राष्ट्रिय स्तरमा प्रतिश्पर्धा गराउने र १ सय करोड भन्दा माथिका काम भने अंन्तराष्ट्रिय स्तरमा प्रतिश्पर्धा गराउने कार्य हाल रहिआएको र  भोलीका दिनमा पनि यहि लागु गर्न सरकार संग माग गरेका छन । उनले थपे केहि दर्जन भन्दा कमका साथीहरुले निहित आफ्नो स्वार्थका लागि सरकारलाई प्रभावित हुने गरि कर्मचारीहरु संगको मिलेमतो गरेर १ सय करोड मुनिको काममा पनि अन्तराष्ट्रिय निर्माण व्यावसायीलाई दिने मिल्ने गरि चलखेल भए पनि हामी निर्माण व्यावसायीहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने र यस्तो कार्य संस्थागत भ्रष्टचार भएको हुन सक्ने समेत बताए ।

निर्माण सम्बन्धित ऐन कानुन वनाउने समयमा हरेक स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्माण व्यावसायी संघ संग पनि सुझाव लिन समेत सिंहले अनुरोध गरे ।

निर्माण कार्य समयमा सम्पन्न नहुनुमा निर्माण व्यावसायीलाई मात्र दोसि देखाउने गरेको सरकारले खासमा निर्माण कार्य समयमा नै सम्पन नहुनुमा बजेट समयमा विनियोजन नहुनु, सरकारी कार्यलयहरुको एक अर्को कार्यालय बिच एक आपसमा समन्यय नहुनु र निर्माण कार्य स्थलहरुमा समेत समस्याले निर्माण कार्यमा ढिलाई हुने गरेको देखिएको सिंहले बताए । 

स्थानीय निकायले पनि निर्माणका नाममा उपभोक्ता समिति गठन गरेर पनि संस्थागत भ्रष्टचार गरिरहेको समेत सिंहले भने । 

बर्दिया जिल्लामा हाल ४, ५ वटा ठुला आयोजनाहरुमा २० देखि २५ अर्वका निर्माण तिव्र गरिमा निर्माण कार्य भईरहेको छ तर जिल्लाका ९० प्रतिशत निर्माण व्यावसायी यस निर्माण कार्य देखि टाढा रहेको नेपाल निर्माण व्यावसायी संघ बर्दियाका अध्यक्ष भरत पौडेलले बताए । सबै निर्माण व्यावसायीलाई एकै आखाँले नहेर्न समेत अध्यक्ष पौडेलले भने । एक सरकारी कार्यालयले ठेक्का दिने र अर्को सरकारी कार्यालयले निर्माण कार्य रोक्न निर्देशन दिनेले अधिकाशं निर्माणमा ढिलाई भएको समेत पौडेलले बताए । 

साधारण सभामा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ, गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, मधुवन नगरपालिकाका मेयर कृष्ण के.सी., नेपाल निर्माण व्यावसायी महासंघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उपाध्यक्ष रत्न बहादुर खड्का, महा सचिव रोसन दाहाल, उप महा सचिव टंक चौलागाई, केन्द्रिय सदस्यहरु अशोक कुमार के.सी. र मेघ जंग शाह जिल्लाका राजनितिक दलका प्रतिनिधिमा नेपाली कांग्रेस बर्दियाका उप सभापति मिश्रीलाल यादव, नेकपा का कोलराज पुरि लगाएतको उपश्थिति रहेको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै