• २०८१ बैशाख १४ शुक्रबार

बलिवुड अभिनेत्रीहरु जसले विदेशीसँग विवाह गरे 

kharibot

मुम्बई । बलिवुडमा अहिले अभिनेता अभिनेत्रीहरुले धमाधम विवाह गरिरहेका छन् । हालै अभिनेत्री प्रियंका चोपडा, अनुष्का शर्मा दीपिका पदुकोनेले विवाह गरेका छन् । यस रिपोर्टमा हामीले विदेशीसँग विवाह गरेका केहि बलिवुड अभिनेत्रीहरुको चर्चा गर्दै छौ ।

विदेशीसँग विवाह गर्ने अभिनेत्रीमा प्रियंका चोपडाले अमेरिकी गायक तथा अभिनेता निक जोनससँग २०१८ मा विवाह गरेकी छन् । उनले भारतको राजस्थानमा प्रियंका र निकक ओविवः भएको थियो ।

त्यस्तै बलिवुड अभिनेत्री सलिना जेटलीले पनि विदेशीसँग सन् २०११ मा विवाह गरेकी थिइन् । सलिनाका पति पिटर हग दुबईको ठुला होटल व्यवसायी हुन् । हाल सलिना र पिटरका ४ बच्चा रहेका छन् । सलिनाले सन् २०१२ मा जुम्ल्याह बच्चालाई जन्म दिएकी थिइन् भने सन् २०१७ मा पनि फेरी जुम्ल्याह बच्चालाई जन्म दिएकी थिइन् ।

त्यस्तै चर्चित अभिनेत्री राधिका आप्टेले पनि विदेशीसँग विवाह गरेकी छन् । राधिकाले फिल्ममा आउनु अघि नै २०१२ मा बेलायतका बेनेडीक्ट टेलरसँग विवाह गरेकी थिइन् । टेलर संगीतकर्मी हुन् । राधिका र टेलरको भेट सन् २०११ मा लन्डन मै भएको थियो ।

त्यस्तै अर्की अभिनेत्री प्रिती जिन्टाले पनि विदेशी नागरिकसँग विवाह गरेकी छन् । प्रितीले अमेरिकाका व्यापारी जिन गुडइनफसँग २०१६ मा विवाह गरेकी थिइन् ।

त्यस्तै धक धक गर्लको रुपमा चर्चित अभिनेत्री माधुरी दिक्षितले पनि विदेशीसँग विवाह गरेकी थिइन् । माधुरीले सन् १९९९ मा श्रीराम माधव नेनेसँग विवाह गरेकी थिइन् । उनीहरुका हाल दुई छोरा रहेका छन् । मेडिकल पेशामा रहेका नेने बेलायतमा जन्मिएका भएपनि उनी हाल अमेरिकी नागरिक हुन् ।       
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै