• २०८१ बैशाख १४ शुक्रबार

भेरी नदीमा बस खस्यो, चार जनाको मृत्यु 

kharibot

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ । 

आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिए । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालीसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै