मुम्बई । बलिवुडको भ्यालेन्टाइन डे को दिन रिलिज भएको फिल्म गली ब्वायले भारतीय बक्स अफिसमा उत्कृष्ट सुरुवात गरको छ ।
फिल्मले पहिलो दिन १९ करोड ४० लाख कलेक्सन गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
रनबीर सिंह, आलिया भट्टले अभिनय गरेको यो फिल्म रनबीरको क्यारियरकै दोस्रो धेरै ओपनिंग गरेको फिल्म बनेको छ । रनबीरको यसअघि गत डिसेम्बरमा रिलिज भएको सिम्बाले पहिलो दिन २० करोड ७२ लाखको कलेक्सन गरेको थियो । त्यस्तै रनबीर पद्मावतले पहिलो दिन १९ करोड, गुन्डे र रामलीलाले पहिलो दिन १६-१६ करोडको कलेक्सन गरेका थिए ।
यस फिल्ममा रनबीर सिंहले र्याप गायकको भूमिकामा अभिनय गरेका छन् । फिल्मलाई फिल्म विश्लेषकहरुले उत्कृष्ट रहेको बताएका छन् । फिल्मलाई चर्चित फिल्म निर्देशक जोया अख्तरले निर्देशन गरेकी हुन् ।