• २०८१ बैशाख १४ शुक्रबार

नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको बताए । यसका लागि सरकारले सुशासनको वातावरण बनाउने उनले बताएका छन् । 

“सरकार विकास दुरदुष्टीमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं ” प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गरेका छन् । “तपाईंहरुको  लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ” प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले  नेपाल लगानीका लागि उर्वर भूमी भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपाललाई विश्वसँग जोडिने अवसर पनि हुने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै