• २०८१ बैशाख १५ शनिबार

कट्रिनालाई सलमानसँग विवाह गर्न सल्लाह 

kharibot

मुम्बई । बलिवुडकी चर्चित अभिनेत्री कट्रिना कैफलाई उनका पुर्वप्रेमी अभिनेता सलमान खानसँग विवाह गर्न सल्लाह दिइएको छ । कट्रिनालाई उनकै फ्यानले सलमानसँग विवाह गर्ने सुझाव दिएको स्वयं कट्रिनाले नै खुलासा गरेकी छन् ।

एक अन्तर्वार्ताका क्रममा कट्रिनाले आफुलाई समाजिक संजालमा सलमानसँग विवाह गर्न सुझाव आएको बताएकी हुन् । त्यसको जवाफमा कट्रिनाले कुनै खुलस्त जवाफ नदिएको बताएकी छन् ।

कट्रिना र सलमान कुनै समय अफ्येर्समा थिए । सबैको अनुमान विपरित कट्रिना र सलमानको ब्रेकअप पछि दुवै आ-आफ्नो निजी जीवनमा अन्य अफ्येर्समा लागेका थिए । सलमान अहिले रोमानियाकी युवती लुलिया भेन्तुरसँग अफ्येर्समा रहेका छन् भने कट्रिना कैफ अभिनेता रणवीरसँगको ब्रेकअप पछि सिंगल रहेको बताउदै आएकी छन् ।

सलमान-कट्रिनाको ब्रेक अप भएपछि पनि दुवै अहिले पनि निकै नजिक रहेको मिडिया रिपोर्टमा बताइएको छ । उनीहरु दुवैले साथमा ब्रेकअप पछि पनि सुपरहिट फिल्म टाइगर जीन्दा है मा सँगै काम गरेका थिए भने अहिले भारत फिल्ममा सँगै काम गरिरहेका छन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै