• २०८१ बैशाख १४ शुक्रबार

डिभोर्सको निर्णय मेरो मात्र होइन अरबाजको पनि हो – मलाइका अरोरा  

kharibot

फाइल तस्बीर

मुम्बई । अभिनेता तथा निर्देशक अरबाज खानसँग डिभोर्स गरेकी अभिनेत्री मलाइका अरोराले आफ्नो डिभोर्स बारे खुलेर आफ्ना कुरा राखेकी छन् । 

अभिनेत्री करिना कपुर खानको रेडियो शो मा कुरा गर्दै मलाइकाले डिभोर्सको निर्णय आफ्नो मात्रै नभएर अरबाजको समेत भएको बताएकी छन् । २०१७ मा आफ्नो १८ बर्ष लामो वैवाहिक जीवनलाई टुंगाएका अरबाज र मलाइकाले दुई बर्षपछि डिभोर्सको बारेमा कुरा गरेकी हुन् ।

करिनाले डिभोर्सको बारेमा प्रश्न सोधेपछि मलाइकाले आफ्नो परिवारले डिभोर्सका बारेमा अझै एक पटक सोच्न आग्रह गरेको समेत बताएकी छन् । मलाइकाले यो आफ्नो जीवनको सबैभन्दा ठुलो निर्णय भएको बताउदै परिवारले यस प्रक्रियामा आफुलाई साथ दिएको बताएकी छन् ।

अरबाजसँगको डिभोर्सपछि मलाइका अहिले आफूभन्दा १५ बर्ष कान्छा अभिनेता अर्जुन कपुरसँगको सम्बन्धका कारण चर्चामा रहेकी छन् । मलाइका र अर्जुन हरेक दिन सँगै देखिद उनीहरु मिडियाको नजरमा हरेक दिन नयाँ प्रेमी-प्रेमिकाको रुपमा मिडियामा आउने गरेका छन् ।

त्यस्तै अरबाज पनि विदेशी मोडल जिओर्जिया एड्रियानीसँग अफ्येर्समा रहेको र छिट्टै विवाह गर्ने तयारीमा रहेको मिडिया रिपोर्ट बाहिरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै