• २०८१ बैशाख १५ शनिबार

राप्रपाद्वारा अष्ट्रेलियामा बिचल्लीमा परेका विद्यार्थीको विषयमा कुटनीतिक पहल गर्न माग 

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास बिभागले अष्ट्रेलियाको ईन्स्टिच्युट अफ विजिनेस एण्ड टेक्नोलोजी (एआईविटी) कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली  विधार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै आफुहरुको गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । 

बिभागका प्रमुख विजय खड्काले एक विज्ञप्ति निकाल्दै अन्यौलमा रहेका एक हजारभन्दा बढी विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न कुटनीतिक पहल गर्न सरकारसमक्ष माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दर्ता प्रक्रियामा रहेको कलेज भनेर नेपालवाट विभिन्न कन्सल्टेन्सीले अध्ययनको  लागि अष्ट्रेलिया पठाएकोमा अहिले कलेजको दर्ता प्रक्रिया खारेज भएको जानकारी आएपछि आफ्नो भविष्य खोज्न गएका एक हजारभन्दा बढी विधार्थिहरूको भविष्य अन्धकार भएको छ । एक डेढ वर्ष पढिसकेका विधार्थिको समय, अभिभावकको पैसा तथा आगामी भविष्यको  सम्वन्धमा गम्भीर अन्यौलपुर्ण अवस्थामा रहेको नेपाली विधार्थिहरूको अध्ययन सुनिश्चितताका लागि सरकारले गम्भीर रूपमा अष्ट्रेलिया सरकार समक्ष कुटनैतिक पहल गरि ती विधार्थिहरूको भविष्य निर्माणका लागि साथै घटनाका दोषीहरूलाई कारवाही गरि भविष्यमा यस्ता घटना दोहरिन नदिन राप्रपा प्रवास विभाग सरकारसँग जोडदार माग गर्दछ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै