• २०८१ बैशाख १४ शुक्रबार

उमेश कार्कीद्वारा निर्देशित चलचित्र गरीबी सार्वजनिक

kharibot

काठमाडौँ । उमेश कार्की द्वारा निर्देशित चलचित्र गरीबी सार्वजनिक भएको छ । नेपाली समाजमा गरीबीको कारणले विभिन्न समस्यहरु भोग्नु परेको दयानीय अवस्थामा आधारित चलचित्र गरीबी निर्माण भएको छ । 

चलचित्र गरीबी रामेछाप जिल्ला र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको लेखकरनिर्देशक उमेश कार्कीले बताएका छन । 

गरीबीले समाजलाई विभिन्न समस्यहरु उत्पन्न गराएको सम्बन्धि कथा बोकेको चलचित्रले देशका विभिन्न जिल्ला र विभिन्न गाउ बस्तीमा प्रदर्शन भए पश्चात् युटुवमा सार्वजनिक गरिएको लेखक र निर्देशक कार्कीले जानकारी दिए । 

मनोज राईको छायांकन,दिवज फिल्मको सम्पादन रहेको चलचित्रमा उमेश कार्की, सुरवीर पण्डित, सितल केसी, दीपा मगर, प्रजिना पन्त, फलित राई लगायतको अभिनय हेर्न सकिन्छ । 

दिवज फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपा मगर र प्रजिना पन्त निर्माता रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै