बलात्कारको आरोपमा पक्राउ

खरीबोट

बाजुरा । बलात्कार गरेको आरोपमा त्रिवेणी नगरपालिका–८ कालापनीका ५८ वर्षीय राम गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ४५ वर्षीया शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्नसमेत नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो । 

बिहीबार पीडित महिला जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा अभियुक्त गिरीले मदिरा सेवन गरेर बलात्कार गर्न खोजेको र नजिकै आफन्तले होहल्ला गरे पनि नसुनेझैँ गरेको बताइएको छ । महिलाका आफन्तले दिएको उजुरीको आधारमा बलात्कारी गिरीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । पक्राउ परेका गिरीलाई अहिले हिरासतमा राखिएको छ । 

त्यस्तै बाजुरामा भरुवाबन्दुकसहित दुई सिकारी पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ मालाकोट बस्ने ३३ वर्षीय कृष्ण मिजार र सोही वडाका खडक ऐडी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्रिवेणी नगरपालिका–८ स्थित बादापानीको जङ्गलमा सिकार खेल्न गएको अवस्थामा शुक्रबार भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् । 

सम्बन्धित समाचार

म्याग्दीमा लागुऔषधसहित ६ जना पक्राउ

म्याग्दी । लागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् ।  उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

काठमाडौँबाट ८२ पाकेटमार पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला । मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस

चरेशसहित अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले पाँच किलोग्राम चरेशसहित अमेरिकी नागरिक विलियम हेरोनलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता


z