• २०८१ बैशाख १४ शुक्रबार

बृद्धभत्ता नबढाउने विषय बाआमालाई त्यति मीठो लाग्या छैन – प्रचण्ड 

kharibot

गोर्खा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । 

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारका कामप्रति जनताले प्रश्न उठाएको बताएका छन् ।

प्रचण्डले भने, ‘हामीले वृद्धभत्ता मासिक पाँच हजार पुर्याउँछौं भनेका थियौं। बाआमालाई विश्वास लागेको थियो। हामीले कस्सिएरै भनेका थियौं पुर्यायइ छाड्छौं भनेर,’ अध्यक्ष प्रचण्डले भने, ‘यो पटक पुर्याउन सकिएन। त्यसकारण हाम्रा बाआमालाई त्यति मीठो लाग्या छैन।’

जनताले दुई तिहाइको सरकारले छिटोछिटो विकास निर्माणका काम र भ्रष्टाचार नियन्त्रण गर्ने अपेक्षा गरे पनि त्यसअनुसार सरकारले काम गर्न नसकेको गुनासो आएको बताए ।

प्रचण्डले भने, ‘जुन गतिको साथ विकास निर्माण होला। फटाफट काम होला। भ्रष्टहरूमाथि छिटोछिटो कारबाही होला। सुशासन होला भन्ने सोचेको हो त्यसो भएन भन्ने गुनासो छ,’ प्रचण्डले भने, ‘अब बन्ने बजेटमा सुधार्छौं । यसबारे प्रधानमन्त्रीसँग कुराकानी पनि भइराखेको छ।’

प्रचण्डले अहिले पार्टीको सचिवालयमा अब बन्ने बजेटमा जनताले देख्ने र अनुभव गर्ने करा समेट्नु पर्छ भन्ने विषयमा छलफल भइरहेको बताए । अहिले जनताका गुनासा छन् भन्ने कुरा प्रधानमन्त्रीलाई समेत महसुस भएको बताएका छन् ।   

शान्ति प्रक्रियाका मुलभूत कुरा टुंगिएपनि अझै केहि काम बाँकी छन् तर यसमा कछुवाको तालमा भएको भन्दै यसलाई छिटो सम्पन्न गर्न सरकार लागेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै