• २०८१ बैशाख १४ शुक्रबार

पशुपतिमा कस्ता कस्ता साधु-बाबा (फोटो फिचर)

kharibot

काठमाडौँ  । शिवरात्रिको अवसरमा पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् । 

पशुपति क्षेत्रको वातावरण स्वच्छ बनाउन एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थाननीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । शिवरात्रिका दिन बिहानैदखि दर्शनार्थीको भीड लाग्ने हुँदा जुत्ताचप्पल व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । 

त्यस्तै पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखन निषेध गरिएको छ । 

साधुसन्तका लागि आवश्यक नि:शुल्क भोजन, पानी, चिया र बसोबाससमेतको व्यवस्था मिलाइएको छ । चिसोबाट बच्नका लागि धुनी जगाउन दाउराको व्यवस्था पनि मिलाइएको छ । 

महाशिवरात्रि पर्वको पर्सिपल्ट एकादशीका दिन बाटो खर्चसहित साधुसन्त, जोगी–बाबाहरुका लागि बिदाइको व्यवस्थासमेत भइसकेको छ ।

तस्बीर : प्रकाश ओझा/खरीबोट 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै