महिला स्वतन्त्रताका लागि अन्तरविरोधको गाठो फुकाऊ !

खरीबोट

काठमाडौँ ।  प्रत्येक वर्ष मार्च आठ तारिककम दिन मनाइने अन्तराष्ट्रिय नारी दिवस सन् १८९७ बाट सुरु भएको हो ।  नारी दिवस कुनै उत्सव नभएर महिलाहरुको हक , अधिकार र सम्मानको साथसाथै महिला सशक्तिकरणको अभियानलाई विश्वब्यापी रुपमा बुलन्द पार्ने अनन्तकालिन सहयात्रा हो । 

विगतका वर्षहरुमा जसरी यो वर्ष पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवसलाई , मार्च ८को दिन संसारका महिलाहरुले नारी दिवस मनाउँदै छन् । सन् १९१० मा डेनमार्कको रानधानी  कोपेन हेगनमा अन्तराष्ट्रिय महिलाहरुको सहभागीता भेला भएको थियो । जहाँ १७ देशबाट सयजना भन्दा बढी  महिलाहरुको सहभागीता रहेको थियो । विश्वका महान सर्वहारावादी महिलाहरुद्धारा महिला सशक्तिकरणको  निम्ती ,महिला मुक्तिका निम्ति संघर्षको थालनी भएको दिन हो, मार्च ८ । 

जसको फलस्वरुप सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक, राजनैतिक जस्ता विविध क्षेत्रमा भएको विभेद ,शोषण र दमनको  बिरुद्धमा आवाज बुलन्द गर्दै अन्तराष्ट्रियस्तरसम्म प्रभाव जमाउँन सफल अग्रज महिलाहरुले सन् १९११ मा पहिलो पटक अन्तराष्ट्रिय नारी दिवस मनाउँने क्रमको सुभारम्भ गरे । जसमा क्लारा जेटकिन, अलेक्जान्ड्रा कोलोन्ताई, रोजा लक्जेम्बर्ग, नादेज्दा क्रुप्सकाया, याङ काइ हुई, चियाङ चिङ, जेनी माकर्स लगायत महान् सर्वहारा महिलाहरुलाई मुख्य मानिन्छ । 

नेपालको सन्दर्भमा नारी दिवसलाई महिलाको समस्या समाधान तथा महिला मुक्तिको आन्दोलनकोसंग जोडेर मनाउन थालेको पनि धेरै भइसकेको छ । यद्यपि नारीलाई  आर्थिक, सामाजिक, राजनैतिक रुपमा समाज र राज्यले  गर्ने विभेद थपिदै गएको छ । जतिनै महिला अधिकार र हिंसा विभेद अन्त्य हुनुपर्छ भनी निती निर्माण भएता पनि नेपालमा झन् महिला हिंसा बढ्दै गएको छ । आर्थिक रुपमा महिलाहरु घरपरिवारभित्रै  शोषित भएकाले  उनीहरुलाई  बाहिरी काममा पुरुषले पाउने तलबभन्दा कम पाइरहेका हुन्छन् । यस किसिमको तिव्र शोषण प्राय ग्रामिण क्षेत्रमा भएको पाईन्छ । महिला शोषणको अर्को जड सामाजिक शोषण हो । समाजमा चलिआएका विभिन्न रितिरिवाज,धर्म, मान्यता आदीले पनि महिलाहरु शोषित भइरहेका हुन्छन् । जस्तै, जातीय भेदभावको नितीले गर्दा  अछुत महिलाहरुले  अझ बढी  समाजिक भेलभाव खप्नु परिरेहको छ । यसैगरी संसदीय व्यवस्था जस्तो खर्चिलो राजनितीक संरचनामा महिलाहरु सम्पतिविहिन भएकै कारणले गर्दा अगाडी आउन सकिरकेका छैनन् । 

ऐतिहासिक कालदेखि पुरुषहरु सधैँ मालिक वर्गमा पर्दै आएकाले महिलाहरुको सम्बन्धमा  तिनीहरुमा सचेत वा अचेत हेप्ने, आफूभन्दा तल ठान्ने प्रवृति देखिन्छ । पुरुषहरुले आफूलाई  सामान्य काममा समेत  विशिक्ष्ट सुविधा खोज्ने अर्थात, आफ्नो श्रीमतीलाई उहिँ परम्परागत  काममा लगाई राख्ने जस्ता झिना मसिना प्रवृत्तिहरुले गर्दा उदयमान महिलाहरुको  क्षमताको  विकासमा गहिरो असर परिरहेको छ ।  यसरी एकले अर्कालाई  निषेध नगरी सामुहिक सहकार्य प्रक्रियाबाट अगाडी बढ्दा महिलाको शोषणमा  कमि आउने थियो । 

त्यसैगरी नेपालमा  लैङ्गिक शोषणको नमुना त्उहाको सम्पती सम्बन्धबाट प्रस्ट थाहा पाउन सकिन्छ । जस्तो कि, छोराहरुले जन्मने विक्तिकै पैत्रिक सम्पतिमाथि निशर्त अधिकार जमाउन सक्नु तर छोरीहरु यसबाट बञ्चित हुनुपर्ने यो बाट पनि कुरा प्रस्ट हुन्छ । 

नेपाली महिलाहरुलाई  पैत्रिक सम्पतिबाट बञ्चित गरिएको रुप र मात्रा  भने समाजको अबस्था र देशको असमान विकासको स्थिती अनुरुप फरक परेको हो । नेपाल जस्तो निरपेक्ष गरिवीको रेखामुनी रहेको देशमा बहुसंख्यक सम्पती  विहिन बाबुका छोरीहरुले कानुनी रुपमा पैत्रिक सम्पती माथि समान  अधिकार पाए पनि व्यवहारमा त्यो कौवालाई बेल पाक्यो हर्ष न विष्मात्  भने झै निरर्थक हुने स्वत सिद्ध छ ।  

समाजमा महिलाहरु निर्बल, ,निरिह र कमजोर हुनुको मुख्य कारण भनेकै विद्यमान पित्रिसतात्मक समाज र संरचना नै हो ।  वास्तवमा महिलाहरु आर्थिक , शारिरिक  रुपमा कमजोर लिगं हो भन्ने  कुरा पनि  पित्रिसतात्मक संरचनाकै  कारणले  प्रमाणित गरेको कुरा हो  ।  अन्त्य हुनै नसक्ने जस्ता लाग्ने श्रमविभाजन, असमानता, विभेद र स्तरीकरणले महिला माथि  शोषण जारी छ । आजको मुख्य प्रश्न महिलाको सार्वजनिक उपस्थिती किन कमजोर छ वा भयो भन्ने हो  । यस प्रश्नको उत्तर सबैखाले समाजबाट एउटै आउँछ भन्ने हुदैन, तर  कारण चाँहि  एउटै हो , सम्पती,  समाजिक र आर्थिक प्रणालीसँग महिलाको निकट सम्बन्ध नहुनु नै हो । 

समाजको शोषणयुक्त आर्थिक संरचना र भौतिक शक्ति नै सबैभन्दा ठूलो शक्ति मान्ने समाज,सामन्ति  संस्कार ब्याप्त समाज यहाँसम्म की रजस्वलालाई अपबित्रिको संज्ञा दिई गर्भधारणलाई समेत पाप मानी चोख्याउने समाजले गर्दा खासगरी महिलाहरु पछि पर्नु परिरहेको छ । अझ, अर्को डरलाग्दो प्रवृत्ति भनेको पूँजीपतिहरुले नाफा कमाउने नाममा विद्यमान महिला पुरुषवीचको असन्तुष्टिको भावनालाई समेत अश्लिल साहित्यको माध्यमबाट यौन तृप्तिलाई उत्तेजित पारेर बजारमा बेच्छ । 

यसरी महिलाहरु विभिन्न कारणले पछि परिरहेका हुनाले वर्गीय शोषण र लिङिगय शोषणको अन्त्य गर्दै महिलामाथि भएको शोषणलाई शक्तिको रुपमा प्रयोग गरी अगाडी बढ्नु जरुरी छ । 

मुख्य त महिलाहरुले के बुझ्नु पर्दछ भने अन्ततः तिनीहरुको हिनताको स्रोत नै यो शोषणयुक्त, पित्रृसतात्मक राज्य सक्ता हो । यो अन्तरविरोधको गाठो फुक्यो भने अरु झिना मसिना अन्तरविरोधहरु स्वतः हल हुँदै जानेछन् । महिला मुक्तिका निमित्त विशेषगरी महिलाहरुले पनि व्यवहारमा मात्र खारिएर होइन, शैद्धान्तिक र राजनीतिक क्षेत्रमा पनि खारिन आबश्यक छ ।  महिलाहरु विशेषगरी राजनीतिक अधिकारका साथसाथै आर्थिक अधिकारले सम्पन्न हुन जरुरी हुन्छ । यसो हुँदामात्र महिलाहरुले वास्तविक स्वतन्त्रता प्राप्त गर्न सक्दछन् । 

तसर्थ, यो अन्तराष्ट्रिय नारी दिवस चेतनशील नारीहरुको मात्र अभिभारा नभइ समाज र राज्यको नारीमुक्तिको गहन जिम्मेवारी हो । 

प्रत्येक वर्ष अन्तराष्ट्रिय नारी दिवस मान्नुको पछाडी कुनै उत्सव नभएर महिलाहरुको वास्तविक स्वतन्त्रता प्राप्तगरी नारी मुक्ति हुनु हो  ।

अन्त्यमा अन्त्यमा अन्तराष्ट्रिय  नारी दिवसको अवसरमा देश भित्र र बाहिर रहनु भएका सम्पुर्ण नारीहरुमा हार्दिक शुभकामना । 

(लेखक गिरी अनेरास्ववियु विदेश विभागकी सचिव हुन् )  
 

सम्बन्धित समाचार

नारी दिवसमा नेपालका विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनी

काठमाडौं । नेपाल आर्ट काउन्सिल बबर महलमा “नारी शक्तिलाई सम्झौं, नारीको सम्मान गरौं” भन्ने नाराका साथ नेपालका विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनी गरिएको छ । सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा नारी

नारी दिवसमा एभरेष्ट बैंकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । एभरेष्ट बैंकले एक सय आठौं महिला दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण र अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको

महिलाको प्रतिनिधित्व त भयो नेतृत्व कहिले हुन्छ ? 

काठमाडौँ । आधा धर्ती ढाक्ने सृष्टिकर्ता नारी बिना समाजको कल्पना गर्न सकिदैन । नारी पुरुष एक रथका दुई पांग्र्रा हुन् । सम्पुर्ण नारीमा शिक्षाको ज्योतिपुञ्ज छर्न सके मात्र सिङ्गो राष्ट्रको

सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवसः महिलाले आफ्नै कानूनी अधिकारको उपयोग गर्न पाएनन्

काठमाडौँ । विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ ।  नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ


z