• २०८१ बैशाख १४ शुक्रबार

भारतको मोबाइल इन्टरनेट डाटा संसारकै सबैभन्दा सस्तो,  नेपाल ४५औं स्थानमा

kharibot

भारतको मोबाइल इन्टरनेट डाटाको मूल्य संसारकै सबैभन्दा सस्तो भएको एक अध्यनले देखाएको छ । वेलायतको केबल डट को डट युकेले संसारका २३० देशहरूका ६३१३ डाटा प्लानहरूको अध्यन गरेर भारतमा उपलब्ध हुने मोबाइल डाटा संसारकै सबैभन्दा सस्तो भएको निष्कर्ष निकालेको हो ।

अध्यनकाअनुसार भारतमा मोबाइल डाटाको प्रति जीबी ०.२६ डलर अर्थात १८.५ भारु पर्ने गर्दछ भने संसारभरि प्रति जीबी डाटाको औसत मूल्य ८.५३ डलर अर्थात ६०० भारु रहेको छ । केबलले भारतमा उपलब्ध ५७ वटा डाटा प्लानहरूको अध्यन गरेको जनाएको छ । त्यसैगरीए संसारको सबैभन्दा महँगो मोबाइल डाटा जिम्बाब्वेको रहेको छ । जिम्बाब्वेमा औसत रुपमा एक जीबी डाटाको ७५.२० डलर पर्ने गर्छ ।

यसका साथै केबलको अध्यनअनुसार नेपालको मोबाइल डाटाको औसत मूल्य २.२५ डलर रहेको छ । केबलले नेपालमा उबलब्ध २७ वटा डाटा प्लानहरूको अध्यन गरेर औसत मूल्य निकालेको जनाएको छ । मोबाइल डाटा सस्तो हुने मुलुकहरूमा नेपाल ४५ औ स्थानमा परेको छ ।

त्यसैगरी मोबाइल डाटा सबैभन्दा सस्तो हुने सूचीमा भारतपछि किर्गिस्तान रहेको छ । किर्गिस्तानमा मोबाइल डाटाको मूल्य औसतमा ०.२७ डलर पर्न जान्छ । साथै सूचीको तेस्रो स्थानमा कजाकिस्तान र चौथो स्थानमा युक्रेन रहेका छन् । एक जीबी मोबाइल डाटाको औसत मूल्य १ डलरभन्दा कम भएका अन्य मुलुकहरूमा श्रीलंका, मंगोलिया, म्यान्मार र बंगलादेश रहेका छन् ।

सूचना प्रविधिको निकै राम्रो विकास भएको मानिने चीन, दक्षिण कोरिया र जापान जस्ता एसियाली मुलुकहरूमा भने मोबाइल डाटा तुलनात्मक रुपमा महँगो भएको अध्यनले देखाएको छ । चीनमा प्रति जीबी मोबाइल डाटाको मूल्य ९.८९ डलर रहेको छ भने दक्षिण कोरियामा १५.१२ डलर र जापानमा ८.३४ डलर रहेको छ ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै