• २०८१ बैशाख १४ शुक्रबार

भक्तपुरमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

kharibot

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ घलाते चोकमा आज स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । 

काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा९५प ३३१८ नंको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक लिसङ्खुपाखा–२ का २६ वर्षीय रञ्जीव लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए । 

स्कुटरको पछाडि सवार रामेछाप सुनपती–४ का २३ वर्षीय पासाङ तामाङ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै