• २०८१ बैशाख १४ शुक्रबार

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

kharibot

नुवाकोट । वदुर नपा–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गए राति १० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका विनोदको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइलकमा सवार निमेश थामामगर भने दुर्घटनामा परी घाइते भएका छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । 

तीव्र गतिका कारण मोटरसाइकल सडकदेखि १० मिटर तल पुगेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै