टाइगर र दिशाको विवाह हुन सक्छ – जैकी सराफ 

खरीबोट

मुम्बई । बलिवुड अभिनेता जैकी सराफले आफ्ना छोरा टाइगर सराफले अभिनेत्री दिशा पटानीसँग विवाह गर्न सक्ने बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा जैकीले टाइगरको बारेमा कुरा गर्दै यस्तो खुलासा गरेका छन् । उनले भनेका छन्, ‘टाइगरले २५ बर्षको उमेरमा एक असल केटी साथी भेटाएको छ । उसका धेरै साथी छैनन् । उनीहरु दुवैको जोडी राम्रो पनि देखिन्छ । दिशा आर्मी परिवारकी भएकीले उनलाई अनुशासनको बारे राम्रो ज्ञान छ । भविष्यमा यो जोडी विवाह बन्धनमा बाधिन सक्छ ।’

टाइगर र दिशा लामो समय देखि साथ छन् भने उनीहरुले सँगै फिल्म पनि गरिरहेका छन् । टाइगरले पनि हालै एक अन्तर्वार्ताको क्रममा आफुलाई दिशाको साथ राम्रो लाग्ने र उनीसँग हुदा राम्रो महसुस गर्ने बताएका थिए ।

टाइगर र दिशाले हालै सुपरहिट फिल्म बागी-२ मा सँगै अभिनय गरेका थिए । हाल टाइगरले स्टुडेन्ट अफ द इयर -२ र ऋतिक रोशनसँगको फिल्ममा काम गरिरहेका छन् । त्यस्तै दिशा भने सलमान खानसँग फिल्म ‘भारत’ मा काम गरिरहेकी छन् ।    
 
  
 

सम्बन्धित समाचार

भन्सालीको नयाँ फिल्म इन्शाल्लाहमा सलमान र आलिया 

मुम्बई । चर्चित बलिवुड निर्माता निर्देशक संजयलीला भन्सालीको नयाँ फिल्म इन्शाल्लाह’ मा अभिनेता सलमान खानको अपोजिट अहिलेकी सफल अभिनेत्री आलिया भट्टले अभिनय गर्ने भएकी छन् । सलमान खान आफैले इन्शाल्लाहमा अलियासँग

वेभ सिरिजमा बलिवुड सुपरस्टारहरुको आकर्षण

मुम्बई । बलिवुड अभिनेता ऋतिक रोशन अब ठुलो पर्दाबाट अब डिजिटल प्लेटफर्ममा आउन लागेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।  ऋतिक छिट्टै वेभ सिरिजमा आउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका

उरी फेम विक्की कौशलको ब्रेकअप !

मुम्बई । बलिवुड अभिनेता विक्की कौशलले आफ्नी प्रेमिका हरलिन शेठीसँग ब्रेकअप गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । विक्कीकि प्रेमिका हरलिनले आफ्नो सामाजिक संजालमा बेकअप भएको आशयको पोष्ट गरेपछि मिडियामा विक्कीको

साइना नेहवालको बायोपिकबाट श्रद्धा आउट, परिणीति इन 

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर चर्चित भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकबाट बाहिरिएकी छन् । श्रद्धा कपुर सो फिल्मबाट बाहिरिएसँगै अब साइना नेहवालको बायोपिकमा परिणीति चोपडा भित्रिएकी छन् । अब


z