• २०८१ बैशाख १५ शनिबार

सपनामा यौन सम्पर्क देख्नु स्वस्थकर !

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । सपनामा यौन सम्पर्क भएको देख्नु राम्रो हो भन्ने बित्तिकै धेरैको मनमा यो प्रश्न उब्जिन सक्छ, ‘सपनामा यौन सम्पर्क भएको देख्नु किन आवश्यक छ ?’ वास्तवमा दिनभर काम गरेर थाकेका मानिसहरु घर आएपछि उनीहरु राम्रो निद्रा र मानसिक शान्ति यी दुई कुरा मात्र चाहन्छन् । यस्तोमा राम्रो सपना देख्नु लाभदायक नै छ । यसले गहिरो निद्रा र मानसिक शान्ति प्रदान गरेर मानिसलाई ताजापनको अनुभूति दिन सक्छ । 

सन् २०१७ मा युनिभर्सिटी फ मन्ट्रियलले एक अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानले सहभागी करीब ८ प्रतिशत मानिसले यौनसम्बन्धी सपना देख्ने गरेको देखाएको थियो । 
यौनसम्बन्धी सपना निद्राको समयमा एक किसिमको र्यापिड आई मुभमेन्ट एक्टिभिटी हो । यो इच्छाअनुसार हुँदैन । जब मानिस यौनबाट वञ्चित हुन्छन् अथवा यौनेच्छा दमित रुपमा रहन्छ, तब यस्तो सपना देख्ने सम्भावना रहन्छ । यो एक यौन गतिविधिजस्तै भएको हुनाले यसबाट पनि सन्तुष्टि र आनन्द मिल्छ । 

सपनालाई हाम्रो अवचेतनको एक भाग मानिन्छ । त्यसैले सपनामा यौन सम्पर्क भएको देख्दा पनि अप्रत्यक्ष रुपमा तनाव र थकानबाट छुटकारा मिल्छ र आनन्दको अनुभूति हुन्छ । यसमा केही पनि नराम्रो छैन । यौनसम्बन्धी सपना र वास्तविक यौनबीच कुनै पनि सम्बन्ध हालसम्म कुनै सम्बन्ध फेला नपरेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

कसरी आउछ यौनसम्बन्धी सपना

सपनाले अपूर्ण इच्छा र अनपेक्षित विचारलाई अभिव्यक्त गर्छ । यो हाम्रो अवचेतनको एक भाग हो । सपना देख्नुको कारण कुनै पनि हुन सक्छ । सम्बन्धमा अभिरुचि कम हुँदै जानु, कुनै पनि तनाव आदिका कारण दमित इच्छा पनि सपनामा देखिन सक्छ । यौन सपना एक माध्यम हो जसबाट आफ्नो भावना अभिव्यक्त हुन सक्छ । यदि बारम्बार यौनबारे कल्पना गरिरहने र त्यससम्बन्धी सपना देख्न चाहने हो भने पनि त्यस किसिमको सपना देख्न सकिन्छ । 

यौनसम्बन्धी सपना देख्नाले आफूभित्रको तनावबाट छुटकारा पाउनुका साथै यौनप्रतिको अनिच्छा हटाउन पनि यसले सहयोग गर्ने बताइएको छ । 

यौनसम्बन्धी सपना देख्न के गर्ने ? 

राम्रो निद्रा, स्वस्थ आहारविहार, नियमित व्यायाम आदिले शरीर स्फूर्त राख्नुका साथै यौनसम्बन्धी सपना देख्ने सम्भावना पनि बढ्छ ।  यस्तो परिस्थितिबाट टाढा रहनुहोस् जसले तपाईंमा रिस, तनाव आदि उत्पन्न हुन्छ । कडा बत्तीलाई बन्द गरेर मन्द उज्यालोमा आराम गर्नुहोस् । आफ्नो पार्टनरको बारेमा सोच्नुहोस्, तर हस्तमैथुन भने गर्नुहुँदैन । हस्तमैथुनले यौनसम्बन्धी सपना देख्ने इच्छा अधुरो नै रहन सक्छ । 

एक प्रेमिल अथवा यौनिक वातावरण सृजना गर्नुहोस् । आफ्नो कोठालाई सुन्दर, स्वच्छ, सुगन्धित राख्नुहोस् । भित्तामा सुन्दर प्रेमिल दृश्य भएका तस्वीर लगाउनुहोस् । यस्तो शान्त वातावरण र शान्त मष्तिष्क भएमा यौनसम्बन्धी सपना देख्न सकिन्छ जसले सन्तुष्टि प्रदान गर्नुका साथै मनमा भएका पीर, व्यथा, तनाव, थकान आदिलाई हटाई मानिसलाई स्वस्थ, स्फूर्त र शान्त राख्न सहयोग गर्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै