• २०८१ बैशाख १५ शनिबार

राप्रपाको स्वाभिमान यात्राको समापन आज, यस्तो छ कार्यक्रम  

kharibot

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको २ साता लामो मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा  हुने एक कार्यक्रमकाबीच यात्रा समापन हुन लागेको हो।

गत फागुन १५ गते ताप्लेजुङ्बाट सुरु भएको यात्राको समापन स्वाभिमान यात्रा ललितपुरबाट सुरु हुँदै भक्तपुर पुग्ने र त्यहाँबाट पुनः काठमाडौं फर्कने राप्रपाले जानकारी दिएको छ । 

यसैबीच राप्रपाले  मेची महकाली अभियानको शुक्रबार राजधानीमा समापन हुने कार्यक्रममा केही सडकहरु डिस्टर्ब हुने भन्दै त्यस दिनका लागि बैकल्पिक राजमार्ग प्रयोग गर्न आग्रह गरेको छ। सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार एक बिज्ञप्ति  प्रकाशित गर्दै यस्तो आग्रह गरेका हुन् । 

चैत्र १ गते विहान ७:३० बजेबाट नै लावालस्कर स्वाभिमान यात्रा ललितपुरबाट प्रारम्भ भई भक्तपुर पुग्नेछ । यात्रा भक्तपुरबाट काठमाण्डौ फर्केर शहरका विभिन्न स्थान हुँदै डिल्लीबजारमा हुने कलश यात्रा सहित भृकुटिमण्डपमा आमसभामा परिणत हुनेछ। यात्रा सञ्चालन हुने देहायका रुटहरुमा केही समय सवारी आवागमनमा बाधा उत्पन्न हुन सक्ने भएकाले सो पार्टीले क्षमा याचना गर्दै वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरेको छ। 

शुक्रबार बिहान ७:३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्यविनायक चोक – सल्लाघारी – नयाँठिमी – गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदशनीमार्ग, भृकुटिमण्डपमा आएर आम सभामा परिणत हुने सो पार्टीले जनाएको छ ।

पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, पूर्वराजासहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रहको माग गर्दै यही फागुन १५ गते ताप्लेजुङदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा विहिबार काठमाडौँ आइपुगेको हो । 

करीब दुई सातासम्म गरिएको उक्त यात्रामा करीब दुई हजार ८१० किमीको दूरी पूरा भएको थियो भने साना ठूला गरी करीब १५० सभा गरिएको राप्रपाले जानकारी दिएको छ । करीब ५०० यात्री सहभागी भएको यात्रामा स्थानीय सङ्गठनले आवश्यक सहयोग र सहकार्य गरेका थिए । 

पार्टीका अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दू, बौद्ध र किराँत धर्म झल्कने सन्देश तथा पशुपतिनाथ, गाई, बौद्ध स्तूपाका ब्यानरलाई प्रयोग गरिएको थियो । 

राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली यात्रा गरेको बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै