• २०८१ बैशाख १५ शनिबार

अहिलेसम्म ५९ हजार सात कर्मचारीको समायोजन

kharibot

काठमाडौँ । सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी गराए । 

उनका अनुसार सङ्घमा ३८ हजार ५०९, प्रदेशमा नौ हजार ५६२ र स्थानीय तहमा नौ हजार ४५९ कर्मचारी र फाजिलमा एक हजार ४०७ कर्मचारीलाई समायोजन गरिएको छ । 

समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अब करीब १८ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका छन् । उनले स्वास्थ्य सेवा समूह, इञ्जिनीयर, वन समूहका कर्मचारी मात्र समायोजन गर्न बाँकी रहेको जानकारी गराए । 

यसैगरी समायोजनमा सेवा समूह नमिलेका करीब एक हजार ३०० कर्मचारीलाई मिल्दो समूहमा समायोजन गर्नेसमेत उनले बताए । 

सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । मन्त्रालयले ५६ सचिव र ६७६ सहसचिवमध्ये सङ्घमा ५७४ र प्रदेशमा १०२ समायोजन गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै