• २०८१ बैशाख १४ शुक्रबार

न्याम्सका उपकुलपतिसहित अन्य पदाधिकारी नियुक्त 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री  एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई नियुक्त गरेका हुन् । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको  पनि नियुक्ति गरेका छन् ।

जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधय्क्ष, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार,सु नसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार बर्षको हुनेछ ।  प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई शुक्रबार बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

सपथ पछि प्रधानमन्त्री ओलीले भक्तपुरमा बीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिए । “५ सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ  ” 

प्रधानमन्त्री ओलीले भने “अहिलेको बीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले बरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निर्देशन दिए । “सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले  पाउने लाभ अधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार  सुधार गर्न आग्रह गरे । “डाक्टर नर्सले बिरामीप्रति मायालु व्यबहार गर्नुहोस, तपाईंको व्यबहारले बिरामीले राहात महसुष गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै