• २०८१ बैशाख १४ शुक्रबार

जुनियर फुटबल एकेडेमीको फुटबल वर्कसप सम्पन्न

kharibot

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले फुटबल तथा फिटनेससम्बन्धी विभिन्न ज्ञान दिने उद्देश्यले आयोजना गरेको फुटबल वर्कसप सम्पन्न भएको छ ।

एकेडेमीले शनिबार बालुवाटारमा गरेको वर्कशपमा करिब एक सयको हाराहारीमा छात्र छात्राको सहभागिता रहेको थियो ।

वर्कसपमा फुटबल खेलाडीको लागि ट्रेनिङको महत्व, फुटबलका नियम तथा सिद्धान्त, अनुशासन, फुटबलमा फिजियोको महत्व, प्रशिक्षकले बनाउने रणनीतिको बारेमा सैद्धान्तिक र प्रयोगात्मक कक्षाको आयोजना भएको संस्थाका संस्थापक तथा मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले बताए ।

सहभागी खेलाडीहरुलाई मुख्य प्रशिक्षक क्षेत्री सहित एकेडेमीका प्रशिक्षकहरु रवीन्द्र सिलाकार, गोरख केसी, पुष्प विष्ट, किरण खनाल, राष्ट्रिय रेफ्री सविन ढकाल तथा  फिजियो आविष्कार पुडासैनीले प्रशिक्षण दिएका थिए ।

सहभागी खेलाडीहरुलाई राष्ट्रिय फुटबल टिमका खेलाडी भरत खवास तथा एकेडेमीका अध्यक्ष रिजन खड्काले प्रमाणपत्र प्रदान गरेका थिए । साथै एकेडेमीले उत्कृष्ट छ जना खेलाडीहरुलाई एक महिनाको निःशुल्क तालिम गर्ने अवसर समेत प्रदान गरेको छ । 

मुख्य प्रशिक्षक क्षेत्रीले अपेक्षाभन्दाबढी खेलाडीहरुको सहभागिता भएको भन्दै यस्ता कार्यक्रमलाई अझै निरन्तरता दिँदै उपत्यका भन्दा पनि बाहिर पनि संचालन गर्ने बताएका छन् ।

जुनिएर फुटबल एकेडेमी अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त संस्था हो । सन् २०१० मा स्थापना भएको यस संस्थाले हाल विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई ‘ग्रास रुट ट्रेनिङ’ प्रदान गरिरहेको छ ।

यसको साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारत लगायतका देशहरुमा समेत पठाइरहेको छ । भने फुटबलसम्बन्धी वर्कसप पनि संचालन गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै