• २०८१ बैशाख १५ शनिबार

एण्ड्रोइडका अधिकांश एन्टीभाइरस एपहरू झुट्टा भएको प्रमाणित

kharibot

एण्ड्रोइडका अधिकांश एन्टीभाइरस एपहरूले कुनै काम नगर्ने वा भरोसायोग्य नहुने एक अध्यनले देखाएको छ ।

एन्टीभाइरस एपहरू जाँच गर्ने अष्ट्रियाको एक सँस्था एभी-कम्प्यारेटिभ्सले २५० एन्टीभाइरस एपहरूमा गरेको अनुसन्धानमा केवल ८० वटा एपले मात्र मालवयर र हानिकारक एपहरू पत्ता लगाउन सफल भएका थिए ।

निरिक्षण गरिएका २५० एन्टीभाइरस एपहरूलाई झन्डै २००० वटा हानिकारक एपहरू पठाइएको थियो । तर तीमध्ये ८० वटा एपले मात्र ३० प्रतिशतभन्दा बढी मालवेरको पहिचान गरेका थिए ।

एभी-कम्प्यारेटिभ्सले गुगल प्लेमा एन्टीभाइरस एपहरू राखेका १३८ कम्पनीका एपहरूमाथि अनुसन्धान गरेको थियो । जसमा अभास्ट, एभीजी, बिट फाइन्डर, चीता मोबाइल, डीयू मास्टर, म्याकक्याफे, सिमान्टेक, गुगल प्ले प्रोजेक्ट, फाल्कन सेक्युरिटी ल्याब, एफ-सेक्युर लगायतका ठूला कम्पनीका एपहरू रहेका थिए ।

एभी-कम्प्यारेटिभ्सले अनुसन्धानका लागि छानिएका २५० एपहरूमा प्रत्येक एपमाथि म्यानुअल्ली जाँच गरेको दाबी गरेको छ । उक्त सँस्थाका अनुसार अनुसन्धानका लागि छानिएका प्रत्येक एपलाई एउटा एण्ड्रोइड डिभाइसमा इन्स्टल गरिएको थियो ।

त्यसपछि ब्राउजरबाट एक हानिकारक एप डाउनलोड गरेर डिभाइसमा इन्स्टल गरिएको थियो । र यो प्रक्रियालाई २००० वटा मालवेर र हानिकारक एपहरूका लागि दोहोराइएको थियो ।

अनुसन्धानका क्रममा कतिपय एपले त आफैँलाई मालवेरका रुपमा पहिचान गरेका थिए । एभी-कम्प्यारेटिभ्सले जनाए अनुसार अनुसान्धानमा प्रयोग गरिएका मालवेरहरू २०१८ देखिका भएकाले आफूलाई एन्टीभाइरस एप भन्ने एपहरूले ९० प्रतिशत भन्दा बढी मालवेरको पहिचान गर्न सक्नुपर्थ्यो । तर २५० मध्ये १७० वटा एन्टीभाइरस एपहरू आधारभूत जाँच मै असफल भएका थिए । जसमा चीता मोबाइल, डियु मास्टर, फाल्कन सेक्युरिटी ल्याब, जस्ता लोकप्रिय एपहरू पनि रहेका छन् ।

मालवेरबाट फोनलाई सुरक्षा दिन गुगलको आफ्नै प्ले प्रोटेक्ट एण्ड्रोइड डिभाइसमा डिफल्ट रुपमा रहेको भए पनि स्मार्टफोन प्रयोगकर्ताहरूले प्लेस्टोर वा अन्य तेस्रो पक्षीय एप स्टोरहरूबाट विभिन्न एन्टीभाइरस एपहरू डाउनलोड एवम् इन्स्टल गर्ने गर्दछन् ।

यसअघि पनि गुगल प्लेमा हानिकारक एपहरू थुप्रै सङ्ख्यामा रहेको खबर प्रकाशित भएका थिए । नोभेम्बरमा मात्रै गुगलले ५ लाख भन्दा बढी पटक इन्स्टल भएका १३ एपलाई हानीकारक भन्दै आफ्नो प्लेस्टोरबाट हटाएको थियो ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै