• २०८१ बैशाख १५ शनिबार

‘जात्रै जात्रा’ को माया पिरिम बोलको गीत सार्वजनिक

kharibot

काठमाडौँ । फिल्म ‘जात्रै जात्रा’ को माया पिरिम बोलको गीत सार्वजनिक गरिएको छ । 

गीतमा  बिपिन कार्की र बर्षा राउतसँगै सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा शिर्पाइलीले केमियो भूमिका निभाएका छन् । साथमा गीतमा फिल्मका अर्का कलाकार दयाहङ राई, रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिन्छ ।

कविराज गहतराजले कोरियोग्राफी गरिरहेको फिल्म जात्रै जात्राको यो गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर छ भने लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ । छायाँकन शिवराम श्रेष्ठको छायांकन छ ।  प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मलाई रविन्द्र सिंह बाँनियाले निर्माण गरिरहेका छन् ।

यो फिल्म यस अघि रिलिज भएको फिल्म ‘जात्रा’को सिक्वेल हो । । फिल्म ‘जात्रै जात्रा’को लोक गीत छायांकन गरिएको छ ।  फिल्म जेठ ३ गते रिलिज हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय