• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा सात दसमलव ४७ अंकको गिरावट

kharibot

काठमाडौं । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्सेमा गिरावट आएको छ । 

अघिल्लो दिन बढेको नेप्से आज सात दसमलव ४७ अंकले घटेर ११ सय ५३ दसमलव ९८ बिन्दुमा झर्दा सेन्सिटिभ एक दसमलव ६२ अंकले घटेर दुई सय ४५ दसमलव ५४ बिन्दुमा झरेको छ । 

एक सय ६९ कम्पनीहरुको चार हजार आठ सय १९ वटा कारोवारमा १३ लाख ९३ हजार पाँच सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम रकम ३६ करोड सात लाख नौ हजार सात सय ८० रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा फार्ईनान्स र उत्पादनमुलक समुहको सुचक क्रमश चार दसमलव ३८ र सात दसमलव ६६ अंकले बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३७ अंकले घटेर नौ सय ९९ दसमलव छ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि छ दसमलव १९ अंकले घटेर १४ सय ५७ दसमलव नौ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचकपनि १४ दसमलव ३९ अंकले घटेर ११ सय ७० दसमलव ३१ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक ६० दसमलव ४६ अंकले घटेर पाँच हजार चार सय ४७ दसमलव तीन बिन्दुमा झरेको छ । यि बाहेक जीवन बीमा, होटल, अन्य र लघुबित्त समुहको सुचक पनि घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको युनाईटेड फाईनान्सको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ७२ पैसाले बढेर दुई सय १२ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ १६ पैसाले घटेर २२ सय तीन रुपैयाँमा कारोवार भएको छ । 

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको ग्लोवल आईएमई बैंकको प्रतिकित्ता एक सय ७७ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ३९ लाख १० हजार पाँच सय ७२ रुपैयाँको कारोवार भएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै