• २०८१ बैशाख १५ शनिबार

नेप्से झण्डै सात अंकले घट्यो, होटल बाहेक समुहको सुचक रातै

kharibot

काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से घटेको छ । 

नेप्से आज छ दसमलव ८३ अंकले घटेर ११ सय ४७ दसमलव १५ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५७ अंकले घटेर दुई सय ४३ दसमलव ९७ बिन्दुमा झरेको छ ।

एक सय ५८ कम्पनीहरुको दुई हजार पाँच सय ९२ वटा कारोवारमा पाँच लाख ३४ हजार नौ सय ९५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कारोवार रकम १४ करोड ८६ लाख ३३ हजार दुई सय ४५ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक स्थिर रहेको छ भने बाँकी १० वटा समुहको सुचक उच्च बिन्दुले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ७५ अंकले घटेर नौ सय ९२ दसमलव ३१ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि नौ दसमलव ९८ अंकले घटेर १४ सय ४७ दसमलव ११ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि सात दसमलव ८५ अंकले घटेर ११ सय ६२ दसमलव ४५ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि २२ दसमलव ३९ अंकले घटेर पाँच हजार चार सय २४ दसमलव ६४ बिन्दुमा झरेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि उच्च बिन्दुले घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आशा लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९५ पैसाले बढेर चार सय ६४ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको मितेरी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ८९ पैसाले घटेर दुई सय ३३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २६ सय ९० रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ३५ लाख ४६ हजार चार सय आठ रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय