प्रिमनसुनले मौसम प्रभावित, विहिबारसम्म वर्षा हुने

खरीबोट

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

प्रिमनसुनको समय भएकाले अपराह्नपछि पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाका मौसमविद् विभुती पोखरेले बताउनुभयो । उहाँका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्को ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ । 

बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

त्यस्तै बिहीबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २६ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै जोमसोमको न्यूनतम तापक्रम सबै भन्दा कम २ दशमलव शून्य डिग्री सेल्सियस छ ।  
 

सम्बन्धित समाचार

मङ्गलबारदेखि गर्मी कम हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस वर्ष

देशभर गर्मी बढ्यो, काठमाडौँमा वर्षकै उच्च तापक्रम

काठमाडौँ । अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ ।

एक साता ढिलो भित्रिने भयो मनसुन

काठमाडौँ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको दक्षिण


z