• २०८१ बैशाख १४ शुक्रबार

भन्सालीको नयाँ फिल्म इन्शाल्लाहमा सलमान र आलिया 

kharibot

मुम्बई । चर्चित बलिवुड निर्माता निर्देशक संजयलीला भन्सालीको नयाँ फिल्म इन्शाल्लाह’ मा अभिनेता सलमान खानको अपोजिट अहिलेकी सफल अभिनेत्री आलिया भट्टले अभिनय गर्ने भएकी छन् ।

सलमान खान आफैले इन्शाल्लाहमा अलियासँग काम गर्न लागेको जानकारी दिएका छन् । आलिया र सलमानले पहिलो पटक काम गर्न लागेका हुन् भने सलमानले २० बर्षपछि भन्सालीको फिल्ममा काम गर्दै छन् । भन्सालीको निर्देशनमा बनेको हम दिल दे चुके सनम सुपरहिट फिल्म रहेको थियो । जसमा सलमान र ऐश्वर्य रायको जोडीको चर्चा अहिले पनि हुने गर्दछ ।

सलमान र भन्सालीसँगै फिल्ममा आउन लागेपछि सामाजिक संजालमा उनीहरुका खुशीले तरंगित भएका थिए भने अब दुई जनासँग आलिया भट्ट जोडिएपछि झन् उत्साह बढेको छ ।

भन्सालीले पछिल्लो फिल्म पद्मावत पछि कुनै फिल्म निर्देशन गरेका छैनन् भने सलमान खानको फिल्म भारत यस बर्ष रिलिज हुदै छ । त्यस्तै आलियाको भने हालै गली ब्वाय रिलिज भएको थियो जुन फिल्मले सय करोड भन्दा बढीको ब्यापार गरेको छ । त्यस्तै आलियाको अब मल्टीस्टार फिल्म कलंक रिलिजको तयारीमा रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै