• २०८१ बैशाख १४ शुक्रबार

सात महिनामा २९ अर्ब १३ करोड रुपैयाँको सेयर सुचीकृत

kharibot

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा २९ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर सुचीकृत भएकाछन ।

स्टकका अनुसार यस अवधिमा १५ अर्ब नौ करोड रुपैयाँ बराबरको साधारण शेयर, सात अर्ब ३९ करोड बराबरको हकप्रद शेयर, छ अर्ब ६५ करोड बराबरको बोनस समेत गरी उक्त परिमाणमा सेयर सुचीकृत भएका हुन ।  

सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ माघ मसान्तमा तीन खर्ब ८७ अर्ब ६९ करोड रहेको छ । यसैगरी २०७४ माघ मसान्तमा १३ सय ८० दसमलव तीन बिन्दुमा रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८ दसलव तीन प्रतिशतले ह्रास आर्ई २०७५ माघ मसान्तमा ११ सय २८ दसमलव दुई बिन्दुमा रहेको छ ।

२०७५ असार मसान्तमा नेप्से सूचकाकं १२ सय १२ दसमलव चार बिन्दु कायम भएको थियो । धितोपत्र बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा १४ दसमलव सात प्रतिशतले ह्रास आई २०७५ माघ मसान्तमा १३ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ । बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७४ माघ मसान्तमा १०.७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिको बजार पूँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५ दसमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२ दसमलव एक प्रतिशत रहेको थियो ।  

स्टकमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ माघ मसान्तमा दुई सय तीन रहेको छ । सूचीकृत कम्पनीमध्ये एक सय ४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २४ वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र चार वटा अन्य समूहका रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै