प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान

खरीबोट

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज दिउँसो थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् । 

आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापालगायत गएका छन् । 

बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

तीन वर्षदेखि वार्षिकरुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मा बिमस्टेकका सदस्य राष्ट्र हुन् । 
 

सम्बन्धित समाचार

सुविधा सम्पन्न प्रहरी भवनको सिलान्यास

बारा । बारा जिल्ला स्थित ईलाका प्रहरी कार्यालय सिमराको ६ करोड १८ लाखको लागतमा सुविधा सम्पन्न नयाँ भवन निमार्ण कार्यको सोमवार एक कार्यक्रमका बिच सिलान्यास भएको छ । डिएफआईडी युकेको आर्थिक

भारतीय गाडीको प्रयोग बढ्दो, ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा । सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ । राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै

उन्नाइस डिआइजीको सरुवा, को कँहा पुगे ?

काठमाडौँ । सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना डिआइजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयका मानवस्रोत तथा प्रशासन विभागका

रकम ‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

लहान । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२


z