• २०८१ बैशाख १४ शुक्रबार

ब्राड हज र अजित अग्रकरले भने, ‘सन्दीप दिल्लीका एक्स-फ्याक्टर खेलाडी’ 

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी मार्च २३ अर्थात् चैत्र ९ गते शनिबार देखि शुरु हुदै छ । दिल्ली क्यापिटलबाट आइपिएलमा आफ्नो दोस्रो सिजन सुरु गर्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली पुगी सकेका छन् ।

यसैबीच चर्चित क्रिकेट कभर गर्ने चर्चित साइत क्रिकइन्फोमा गरिएकोको दिल्ली क्यापिटलको यस बर्षको टिम रिभ्युमा सन्दीपलाई महत्वपूर्ण खेलाडीको रुपमा लिइएको छ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्राड हज र भारतीय पुर्व तिब्र गतिका बलर अजित अग्रकरले सन्दिपलाई दिल्ली क्यापिटल्सको एक्स-फ्याक्टर खेलाडी रहेको बताएका छन् ।

हजले सन्दीपको बिग बास लिगलगायत अन्य लिगमा गरेको प्रदर्शनका आधारमा यस सिजनमा दिल्लीका लागि उनी सनराइजर्सबाट खेल्ने अफगानी खेलाडी राशिद खानको जस्तै भूमिकामा सन्दीप हुन सक्ने बताएका छन् । हजले सन्दीपलाई आफ्नो दिल्ली क्यापिटल्सको सुरुवाती-११ मा समेत स्थान दिएका छन् । भारतीय पुर्व खेलाडी अजित अग्रकरले समेत सन्दीपको तारिफ गर्दै दिल्लीको प्लेइङ ११ मा राखेका छन् । 

गत बर्ष आइपिएलमा डेभ्यु गरेका सन्दीपले यस बीचमा ग्लोबल टी-२०, क्यानाडा, क्यारेबियन प्रिमियर लिग, वेस्टइन्डिज, अफगानिस्तान प्रिमियर लिग,  बिग बास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, टी-१० लिग लगायतका चर्चित फ़्रेन्चाइज लिगमा सन्दीप खेल्दै राम्रो प्रदर्शन समेत गरेका छन् । 

सन्दीपले गत आइपिएलमा ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिग, क्यानाडामा ५ खेलमा ८ विकेट, क्यारेबियन प्रिमियर लिगमा ५ खेलमा ७ विकेट, अफगानिस्तान प्रिमियर लिगमा एक खेलमा २ विकेट, बिग बास लिगमा ८ खेलमा ११ विकेट, बंगलादेश प्रिमियर लिगमा ६ खेलमा ४ विकेट र  पाकिस्तान सुपर लिगमा ७ खेलमा ११ विकेट लिएका छन् । त्यसै टी-१० लिगमा ६ खेलमा ६ विकेट समेत लिएका छन् ।

त्यस्तै सन्दीपले नेपालको राष्ट्रिय क्रिकेट टिमका लागि अहिलेसम्म ६ एकदिवसीय खेलमा १५ विकेट लिएका छन् । त्यस्तै ५ टी-२० खेलमा ५ विकेट लिएका छन् । दिल्ली क्यापिटल्सको पहिलो खेल आइतबार मुम्बई इण्डियन्सविरुद्ध हुदै छ ।

दिल्ली क्यापिटलका खेलाडीहरु : श्रेयस ऐर (कप्तान), ऋषभ पन्त, शिखर धवन, पुथ्वी शा, सन्दीप लामिछाने, अमित मिश्रा, ईशान्त शर्मा, हनुमा विहारी, कोलिन इन्ग्राम, आवेश खान,  ट्रेन्ट बोल्ट, कागिसो रवाडा, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, अन्कुश वेन्स, नाथसिंह, शेरफेन रदरफोर्ड, किमो पल,जलज सक्सेना र अक्षर पटेल । 

त्यस्तै दिल्ली क्यापिटलको प्रमुख कोचमा अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ रहेका छन् भने सहायक कोच भारतका पुर्व खेलाडी मोहमद कैफ रहेका छन् । त्यस्तै दिल्ली क्यापिटलका एड्भाइजरमा भारतीय पुर्वकप्तान सौरभ गांगुली रहेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै