• २०८१ बैशाख १४ शुक्रबार

श्रद्धा कपुर फोटोग्राफर रोहनसँग घरजम गर्ने तयारीमा !

kharibot

मुम्बई। बलिवुड अभिनेत्री श्रद्धा कपुर अहिले ब्याटमिन्टन खेलाडी साइन नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् ।

पछिल्लो समय रिलिज भएको फिल्म स्त्री सुपरहिट भएपछि श्रद्धाले दक्षिण भारतका सुपरस्टार बाहुबली फेम प्रभासको फिल्म साहो रिलिजको तयारीमा रहेको छ । 

केहि समय अगाडी अभिनेता फरहान अख्तरसँग अफयेर्समा रहेकी श्रद्धा अहिले भने एक फोटो ग्राफरसँग अफ्येर्समा रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको थियो ।

बलिवुडका प्रोफेशनल फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको अफयेर्स रहेको रिपोर्टपछि अहिले रोहनसँग घरजम गर्न लागेको मिडिया रिपोर्ट बाहिर आएको छ । श्रद्धा आफ्ना बचपन कै साथी रोहन र उनीहरु विवाहको तयारीमा रहेको डिएनएले लेखेको छ ।

३३ बर्षिय अभिनेत्री श्रद्धाले अर्को बर्ष अप्रिल, मेसम्म घरजम गर्ने तयारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

श्रद्धा यस अघि अभिनेता फरहान अख्तर र आदित्य राय कपुरसँगको अफ्येर्समा रहेको बताइएको थियो ।  

अहिले श्रद्धाको अफ्येर्स रहेका फोटोग्राफर रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन् । रोहन र श्रद्धाले स्कुल र कलेज सँगै पढेका थिए । रोहन बलिवुडमा अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन्।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै