• २०८१ बैशाख १५ शनिबार

आइपिएल रेकर्ड्स : अहिलेसम्म ५२ शतक, कसले कति बनाए ?

kharibot

काठमाडौँ । टी-२० क्रिकेटको सबैभन्दा चर्चित फ्रेन्चाईज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबार देखि शुरु हुदै छ ।

अहिलेसम्म सकिएको ११औं संस्कारले विश्व क्रिकेटमा क्रिकेटको लोकप्रियताका साथै खेलाडीहरुलाई आत्मनिर्भर बनाउन निकै ठुलो योगदान गरेको छ । यस रिपोर्टमा आइपिएलमा अहिलेसम्म बनेका शतकको चर्चा गर्दै छौ ।

आइपिएलको ११औं संस्करणसम्म आइपुग्दा कुल ३२ फरक फरक खेलाडीले ५२ शतक बनाएका छन् । आइपिएलको इतिहासमा सबैभन्दा बढी शतक प्रहार वेस्टइन्डिजका क्रिस गेलले प्रहार गरेका छन् । गेलले आइपिएलमा अहिलेसम्म कुल ६ शतक बनाएका छन् । त्यस्तै विराट कोहली र शेन वाटशनले ४-४ शतक बनाएका छन् । त्यसैगरी एबी डिभिलीयर्स र डेभिड वार्नरले ३-३ शतक बनाएका छन् भने । ब्रेण्डम म्याकुलम, एडम गिलक्रिष्ट, विरेन्द्र सहवाग, मुरली विजय र हसिम अमलाले २-२ शतक बनाएका छन् ।

त्यस्तै आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरका खेलाडीले धेरै कुल १२ शतक बनाएका छन् । त्यस्तै धेरै शतक कोलकोता नाइट राइडर्सविरुद्ध बनेका छन् । कोलकत्ता नाइटराइडर्सविरुद्ध ७ र किंग्स इलेभेन पंजावविरुद्ध ६ शतक बनेका छन् । त्यस्तै एकै सिजनमा धेरै शतक बनाउने रेकर्ड भने विराट कोहलीको नाममा रहेको छ । विराटले सन् २०१६ मा कुल ४ शतक बनाएका थिए ।  

त्यस्तै आइपिएलमा सबैभन्दा कम बलमा शतक बनाउने रेकर्ड क्रिस गेलको नाममा रहेको छ भने धेरै बल खाएर शतक बनाउने रेकर्ड सचिन तेन्दुलकरको नाममा रहेको छ ।

गेलले ३० बलमा शतक बनाएर कम बलमा शतक बनाउने रेकर्ड बनाएका छन् भने सचिनले ६६ बलमा शतक बनाएर बढी बलमा शतक बनाउने रेकर्ड बनाएका छन् ।

त्यस्तै आइपिएलको पहिलो शतक भने ब्रेण्डम म्याकुलमको नाममा रहेको छ । सन् २००८ अप्रिल १८ मा कोलकोताबाट खेल्दै म्यकुलमले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आइपिएलको पहिलो शतक बनाएका थिए । उनले सो खेलमा १५८ रन नटआउटको पारी खेलेका थिए ।

त्यस्तै आइपिएलमा अहिलेसम्म एकै पारीमा धेरै रन बनाउने रेकर्ड भने क्रिस गेलको नाममा रहेको छ । गेलले २०१३ को आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै पुने वारियर्सविरुद्ध ६६ बलमा १७५ रन अविजित बनाएका थिए ।

बर्ष अनुसार हेर्दा सबैभन्दा बढी शतक सन् २०१६ को आइपिएलमा भएको देखिन्छ । २०१६ मा कुल ७ शतक बनेका थिए भने सन् २००९ मा केवल २ शतक बनेका थिए ।

सन् २००८ मा ६ शतक, २००९ मा २ शतक, २०१० मा ४ शतक, २०११ र २०१२ मा ६-६ शतक, २०१३ मा ४ शतक, २०१४ मा ३ शतक, २०१५ मा ४ शतक, २०१६ मा ७ शतक, २०१७ र २०१८ मा ५-५ शतक बनेका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै