• २०८३ बैशाख २० आइतबार

राधा (कविता)

राधा (कविता)

राधा , 
तिम्रो र मेरो प्रेम 
सृष्टिकै सुन्दर प्रेम हुनेछ 
अथाह श्रद्धा भक्ति र 
शुद्धताले भरिपूर्ण हुनेछ 
सारा लोकका मान्छेले 
अनौठो अनुभुती गर्नेछन् 
हाँस्छन रुन्छन नाच्छन 
आफूलाई नै भुल्दै 
प्रेमको अनुष्ठानमा रमाउँछन 
मेरि प्रिय राधा 
तिम्रो र मेरो नाम जोडेर 
भजन हुनेछ किर्तन गर्नेछन् 
तिम्रो र मेरो प्रेमको पुजा हुन्छ 
मठ मन्दिर देवालयमा 
मुर्ति बनाएर पुज्नेछन् 
तिम्रो र मेरो प्रेम देखेर 
अझ प्रेमको सौन्दर्य थपिनेछ 
तिमी जहाँ जहाँ जान्छौ 
म तिम्रै वरिपरि हुन्छु 
तिम्रो श्वास मन आत्मासम्म 
दैडीरहेको हुन्छु देखिनौ 
जहाँ राधा छिन् 
त्यहाँनेर राधाकृष्ण छन् 
त्यसैले मेरि प्रिय राधा 
हाम्रो प्रेम फुल जस्तो ओइलिदैन 
सधै जुन जस्तो चम्किरहन्छ 
युगौयुगसम्म बाचीरहने छ 
जता हेर्यो उतै प्रेम छ 
सबत्र छ उनको प्रेम 
भक्ति र श्रद्धाले भरीदिन्छ 
त्यसैले जताततै राधाको प्रेम छ ।।

अमित संग्रौला बिर्तामोड , झापा हाल युएई 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै