• २०८१ बैशाख १४ शुक्रबार

सिरहामा आगलागीबाट अढाइ लाखको क्षति

kharibot

सिरहा । ग्याँस सिलिण्डरको रेगुलेटर लिकेज भएर सिरहाको कल्याणपुर नगरपालिका–११ मा गए राति आगलागी हुँदा करीब रु दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

कल्याणपुर नगरपालिका–११ निवासी ज्ञान मण्डलको घरमा खाना पकाउँदै गर्दा एक्कासि ग्याँस सिलिण्डरको रेगुलेटरबाट ग्याँस लिकेज भएर आगलागी हुँदा लत्ताकपडा, भाडाकँुडा, नगद रु १० हजारलगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको आधा घण्टापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

अवैध सामानसहित मोटरसाइकल र म्याजिक भ्यान नियन्त्रणमा

प्रहरीले सिरहाबाट करीब रु दुई लाख मूल्य बराबरको अवैध सामानसहित म्याजिक भ्यान र मोटरसाइकलन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तीन बोरा सुर्ती र १३२ काटुन स्याउसहित बीआर ३२ एफ ४२३० नम्बरको मोटरसाइकल र स १ ज ५९७ नम्बरको म्याजिक भ्यान नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

बरामद भएका सामान र सवारी आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै