• २०८१ बैशाख १५ शनिबार

आँधी प्रभावितको आवास बनाउन प्रदेश ३ सरकारले एक करोड दिने 

kharibot

हेटौंडा । प्रदेश ३ सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेस मन्त्रीपरिषद् बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

यसैगरी प्रदेशसभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १०९ सदस्यबाट ३ दिनको तलब सहयोग गर्ने निर्णय गरेको समितिका सदस्य रहेका काँग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।

आइतबार आएको भयानक आँधीबाट अहिलेसम्म बारामा २७ र पर्सामा २ जनाले ज्यान गुमाएका छन् भने ६ सयभन्दा बढी घाइते भएका छन् । आँधीबाट सयौको घर भत्किएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय