बिटक्वाइन व्यवसाय सञ्चालन गर्ने सात पक्राउ

खरीबोट
ad

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिटक्वाइन नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । 

ब्युरोबाट खटिएको टोलीले बिटक्वाइन व्यवसाय सञ्चालन गरेको आरोपमा बुधबार काठमाडौँ र चितवनका विभिन्न स्थानबाट सातजनालाई पक्राउ गरेको हो । 

पक्राउपर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, काठमाडौँका प्रशान्तप्रताप शाह, नुवाकोटका बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ, ललितपुरका दमन बस्नेत र रुपन्देहीका मनिषकुमार गिरी रहेका छन् । 

ब्युरोले आज पत्रकार सम्मेलन गरी बिटक्वाइनको व्यापार नेपालमा बन्देज गरेको अवस्थामा पैसा कमाउने नाममा अवैध व्यापार गरेकाले पक्राउ गरिएको जानकारी दिएको छ । 

सम्मेलनमा ब्युरोका प्रमुख पुस्कर कार्कीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुनेगरी बैंकको निर्देशनविपरीत गैरकानुनीरुपमा उक्त व्यवसाय सञ्चालन गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको बताए । “राज्यलाई आम्दानी हुने राजश्वमा यस्तो व्यवसायले घाटा पु¥याउँछ”– प्रमुख कार्कीले भने । 

पक्राउ परेकालाई आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्यको थालनी गरिसकिएको पत्रकार सम्मेलनमा प्रमुख कार्कीले बताउनुभयो । बिटक्वाइन व्यवसायमा संलग्न व्यक्तिलाई ब्युरोले पहिलोपटक नियन्त्रणमा लिएको हो । 

बिटक्वाइन व्यवसाय के हो ? 

बिटक्वाइन व्यवसाय एकप्रकारको नेटवर्किङ व्यवसाय हो जुन व्यवसायमा सामाजिक सञ्जाल विशेषगरी इमेल, इन्टरनेट, फेसबुकमार्फत पैसाको कारोबार गरिन्छ । यो एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । यो भर्चुअल पैसा हो । 

यस्तो व्यवसायमा लाग्ने गिरोहले नेटवर्कका माध्यमबाट बिटक्वाइनको कारोबार गर्ने गर्दछन् । यसरी गैरबैंकिंङ  प्रणालीबाट व्यवसाय गर्दा राज्यको राजश्वमा कमी हुन गई देशको अर्थतन्त्र नै धरासायी हुने अवस्था आउँछ । 

बिटक्वाइन व्यवसाय नेपालमा सन् २०१३ देखि भित्रिएको र हालसम्म ८÷१० लाख डलरसम्मको कारोबार भइसकेको प्रहरीले जनाएको छ । 

बिटक्वाइन व्यवसायमा दोषी ठहरिए बिगो जफत गरी बिगोको तीनगुणा जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने कानूनी प्रावधान रहेको छ । 

सम्बन्धित समाचार

काठमाडौँ चुच्चेपाटीबाट ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

साँखु, काठमाडौँ। प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले

पत्रकार माथि कुटपिट गर्ने पक्राउ

बर्दिया। पत्रकार सरम चौधरी माथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गुलरियाबाट काम सकायर बारबर्दिया नगरपालिका वडा नं ५ जब्दहवाको आफ्नो घर जाने क्रममा बिहीवार राती सञ्चारकर्मी

ट्रायल उत्तीर्ण गराइदिन्छु भनी रकम माग्ने पक्राउ

भक्तपुर। महानगरीय प्रहरीवृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास

प्रकाण्ड फेरी पक्राउ, सर्वोच्चको असन्तुष्टि  

काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड फेरि पक्राउ परेका छन् ।  दाङबाट काठमाडौं ल्याईएका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै