• २०८१ बैशाख १४ शुक्रबार

मंगलबारदेखि मौसम सफा हुने

kharibot

काठमाडौँ । मुलुकमा प्रि–मनसुन क्रियाशिल हुँदा आज देशभरी कै मौसममा आंशिकदेखि सामान्य बदली भई वर्षा र हावाहुरीको सम्भावना देखिएको छ ।

मौसममा बदली भई पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पूर्वी बिहारमा न्यून चापिय क्षेत्र र बंगालको खाडीमा उच्च चापीय क्षेत्र बनेका कारण त्यसको प्रभावले नेपालमा प्रवेश गरेको जलवाष्पयुक्त हावाले मौसममा बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । 

सोमबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने र पूर्वि तराईका केही स्थानमा बतास चल्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

मङ्गलबारदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने उनले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै